माओवादी केन्द्रको महासचिवमा देवप्रसाद गुरुङ र वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ चयन
काठमाण्डाै : नेकपा (माओवादी केन्द्र)को महासचिवमा देवप्रसाद गुरुङ चयन हुनुभएको छ ।
शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी समिति बैठकले महासचिवमा देवप्रसाद गुरुङलाई चयन गर्ने निर्णय गरेको हो । त्यसैगरी पार्टीको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरा हुनु भएको छ । महासचिवमा गुरुङ र उपमहासचिवमा नेताहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, पम्फा भुसाल र मात्रृका यादव चयन हुनु भएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिनु भयो ।
दिनानाथ शर्मा, चक्रपाणि खनाल, लिलामणि पोखरेल, देवेन्द्र पौडेल, हितमान शाक्य, हितराज पाँण्डे, डिलाराम आचार्य र राम कार्की सचिव हुनु भएको छ भने कोषाध्यक्षमा श्रीराम ढकाल चयन हुनु भएको छ । विशेष महाधिवेशन छिट्टै गर्ने र त्यसअघिसम्मका लागि पदाधिकारीहरुको चयन गरिएको पार्टीका उपाध्यक्ष महराले बताउनु भयो ।
बैठकले वरिष्ठ उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय प्रदेशसभा र प्रतिनिधिसभा चुनावको घोषणा पत्र मस्यौदा समिति समेत बनाएको छ । जसको सदस्यमा नेताहरु देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, लिलामणि पोखरेल, गणेश साह, परशुराम तम्तेल, अमृता थापामगर, हरि रोका, जाकिर हुसेन, परशुराम तामाङ, कृष्ण चौंधरी, भिमा ढुंगाना र जगत सिंखडा रहनु भएको छ । गठबन्धनको तर्फबाट पनि साझा चुनावी घोषणा पत्र आउने र पार्टीको तर्फबाट पनि घोषणा पत्र ल्याउने गरी सो समिति बनाइएको उपाध्यक्ष महराले बताउनु भयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


