वालिङ : भीरबाट लडेर एक जनाको मृत्यु ।

वालिङ :
वालिङ नगरपालिका ९ मा बस्दै आएका ६० बर्षीय पूर्ण बहादुर न्यौपाने (न्यौपाने साईला) को भीरबाट लडेर ज्यान गएको छ । जनैपूर्णिमा मनाउन आफ्नो छोराको घर तर्फ जाँदै गरेका न्यौपाने वालिङ १२ लाम्पाते स्थीत गोरेटो बाटोबाट लडेर ज्यान गएको हो । बिहिबारबाट हराई रहेका न्यौपानेको सव गोरेटो बाटोबाट झण्डै ५० मिटर तल भीरमा शनिवार भेटिएको प्रहरीको भनाई छ । तस्वीर -सामाजिक सञ्चाल

Facebook Comments Box
TOP