वालिङका कृषकहरु आफैले गाँउ गाँउमा नै हाते ट्याक्टर मर्मत गर्ने ।
वालिङ,असार २२ गते ।
नगरपालिकाले मात्रै होईन धेरै निकायले प्रबिधि हस्तान्तरणको रुपमा हाते ट्याक्टर बितरण गरिरहेकाछन् । गाडी रिर्जभ नै गरेर गाँउ गाँउ पुर्याईएका हाते ट्याक्टरहरुमा सानो समस्या आउदा फेरी गाडी रिजर्भ नै गरेर बजार पुर्याउनु पर्ने समस्या थियो तर अव भने यो समस्याबाट वालिङका कृषकहरुले पार पाउने भएकाछन् ।
वालिङ नगरपालिकाका कृषकहरुलाई हाते ट्याक्टर मर्मत गर्ने एड्भान्स तालिम प्रदान गरिएको छ जसले गर्दा कृषकहरुले गाँउमा नै हाते ट्याक्टरको मर्मत गर्न सक्ने भएका हुन् । वालिङ नगर भित्र मात्रै बिभिन्न निकायले बितरण गरेका दुई हजार भन्दा बढि हाते ट्याक्टर रहेकाछन् । जसको गाँउमा नै मर्मत हुन सके उत्पादनमा लागत कम पर्ने र कृषकहरुलाई पनि सहज हुने वालिङ नगर प्रमुख कृष्ण खाँणले बताउनु भयो ।
कृषकहरुको मागको आधारमा तालिम सञ्चालन गरिएको भन्दै नगरउपप्रमुख कविता तिवारीले अव गाँउ गाँउमा नै हाते ट्याक्टरको मर्मत गर्न सक्ने सक्षम जनसक्ति तयार भएको जानकारी गराउनु भयो । गाँउ गाँउमा हाते ट्याक्टर सामान्य समस्याले समेत फालिएकाछन् जसको कारण कृषकलाई मार परेको छ त्यसैले बाहिरबाट दक्ष प्राविधिक बोलाएर तालिम सञ्चालन गरिएको हो तिवारीले भन्नुभयो ।
वालिङ नगरपालिकाले युएनडिपी, दियालो तथा ब्यवशायीक तथा सीप विकास तालिम केन्द्र पोखराको सहकार्यमा ट्याक्टर मर्मतको बिशेष तालिम सञ्चालन गरेको हो ।
यसअघि गत महिना ५० जना कृषकलाई प्रारम्भिक हाते ट्याक्टर मर्मत तालिम प्रदान गरिएको नगरपालिकाका प्रमुख प्रशाससकीय अधिकृत राजन भट्टराईले जानकारी दिनुभयो । सबैको ध्यान ट्याक्टर बितरणमा मात्रै गयो मर्मत गर्न सक्ने जनशक्ति बनाउनमा गएन त्यसैले हामीले बितरण सँगै मर्मत गर्न सक्ने जनशक्ति तयार पार्न लागि परेका हौं भट्टराईले भन्नुभयो ।
१४ वटै वडाबाट छानिएर आएका १५ जना ब्यवशायीक कृषकलाई एड्भान्स तालिम प्रदान गरिएको हो ।
तालिममा सहभागि भए पछि उत्साहित भएका वालिङ २ का कृषक नीर बहादुर सार्कीले भन्नुभयो मेरो घरमा दुई वटा खेत जोत्ने ट्याक्टर सामान्य समस्याले फालिएकाछन् अव आफै बनाएर प्रयोग गर्न सक्ने बनाउछु । सार्की मात्रै होईन तालिममा सहभागि १५ जना युवा नै आफै ट्याक्टर बनाउन सक्ने भएकाछन् ।
समाचार
थप सामाग्रीगल्याङ प्रिमियर लिग क्रिकेट : गल्याङ ईगल्स र गल्याङ ब्लास्टर फाईनलमा ।
४ दिन अगाडि
वालिङ : स्याङजाको गल्याङमा सञ्चालित ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) को फाईनलमा गल्याङ ईगल्स र गल्याङ ब्लास्टर प्रतिस्पर्धा गर्ने…