कृषि र पशुजन्य उत्पादनबिना समृद्धि संभव छैन –नगरप्रमुख खाँण
मणी अर्याल,
असार १९,वालिङ ।
वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले पशुजन्य उत्पादनको वृद्धिबिना समृद्धि संभव नभएको बताउनुभएको छ ।
वालिङमा आयोजित नगरस्तरीय गाईभैँसी पालन सम्बन्धी तीन दिने तालिमको अवसरमा नगरप्रमुख खाँणले नागरिकको समृद्धिको लागि कृषि र पशुजन्य उत्पादनमा वृद्धि नै प्रमुख उपाय रहेको बताउनुभएको हो ।
नगरप्रमुख खाँणले कृषि उत्पादनमा वृद्धि ल्याउन किसानको मनोबल बढाउन आवश्यक रहेको उल्लेख गर्दै उत्पादित वस्तुहरुलाई बजारीकरण गर्न नगरपालिकाले आ.व.०७९÷०८० को नीति तथा कार्यक्रम नै बनाएको जानकारी दिनुभयो ।
नेपालको पछिल्लो परिवेशमा शैक्षिक बेरोजगारको सङ्ख्या बढिरहेको अवस्थामा पशुपालन तथा कृषि व्यवसाय गरेर आर्थिक आम्दानी गर्न युवापुस्ता उद्धत हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो–‘कृषकहरु यो देशका गहनाहरु हुन् । राष्ट्रले कृषकको सम्मान गर्नुपर्दछ । वालिङ नगरपालिकाले पनि आगामी दिनहरुमा कृषकलाई सम्मान तथा काममा प्रोत्साहन गर्न विशेष कार्यक्रम गर्छौँ ।’

नगरप्रमुख खाँणले उत्पादनमा आधारित भएर अनुदान दिनेदेखि किसानहरुलाई बीउपूँजिको व्यवस्था सहित विगतका वर्षहरुमा भन्दा यसपटक कृषिमा बजेटको मात्रा बढाएको जानकारी दिनुभयो ।
उहाँले तालिममा सिकेका विषयहरुलाई व्यवहारमा उतार्न किसानहरुलाई अनुरोध गर्दै उत्पादित वस्तुहरुको बजारीकरणको लागि नगरपालिकाले पूर्ण व्यवस्था गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
तालिममा सहभागी पशुपालक कृषकहरुले समय समयमा तालिम तथा गोष्ठीको आयोजना गर्न नगरपालिकालाई अनुरोध गरेका छन् । तालिम तथा सेमिनारहरुले व्यवसायिक सीपको विकास हुँदै उत्पादनमा पनि वृद्धि गर्न सकिने उनीहरुको सुझाव छ ।
असार १७ गतेदेखि तीन दिनसम्म चलेको तालिममा वालिङका २८ जना व्यवसायिक पशुपालक किसानहरुको सहभागिता रहेको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


