वालिङका उद्यमी तथा कृषकहरुलाई कृषि सामाग्री हस्तान्तरण ।
वालिङ,साउन २ गते :
वालिङ नगरपालिकाका कृषक तथा उद्यमीहरुलाई कृषि सामाग्री तथा बिउबिजन बितरण गरिएको छ । कृषकहरुका माग र आवश्यक्ताका आधारमा कृषि औजारहरु अन्य सामाग्री बितरण गरिएको नगरपालिकाले जनाएको छ ।
वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भईरहेको ‘हरित पुनःउत्थान तथा कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’ अन्तर्गत कृषि औजार, बिउजन बितरण गरिएको हो ।
कृषि सामाग्री हस्तान्तरण गर्नुहुँदै वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रेले बास्तविक कृषकहरुलाई सहयोग गरि उत्पादन बढाउने नगरपालिकाको नीति रहेको जानकारी गराउनु भयो । उहाँले भन्नुभयो, ‘कृषक र उद्यमीलाई प्रोत्साहन गर्दै आवश्यक सहयोग गर्दै जानेछौं । ’

मागको आधारमा कृषक तथा उद्यमीहरुलाई आवश्यक सामाग्री उपलव्ध गराईएको भन्दै उपप्रमुख तिवारीले भन्नुभयो,उत्पादन बढाउने कृषकहरुका लागि नगरपालिकाले जुनसुकै सहयोग गर्नेछ ।
नँया ब्यवशाय गर्न खोजेका युवाहरु तथा ब्यवशाय प्रवद्र्धन गर्न चाहाने उद्यमीहरुलाई नगरपालिकामा सञ्चालनमा रहेको ईबिक शाखामा सम्पर्क गर्न सुझाव समेत दिनुभयो ।
कार्यक्रममा बोल्नु हुँदै प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले कृषक तथा उद्यमीहरुको सोचमा परिवर्तन आएमा मात्रै उत्पादन बृद्धि गर्न सकिने बताउनु भयो । कृषक तथा उद्यमीहरुलाई उपलव्ध गराईएको सामाग्रीहरुको सही सदुपयोग गर्न सुझाव समेत दिनुभयो ।
कृषक तथा उद्यमीका माग र सहकारी तथा समूहहरुको आवश्यक्ताका आधारमा सामाग्री बितरण गरिएको दियालो संस्थाका कार्यबाहक अध्यक्ष सीतादेवी गैह्रे पंगेनीले जानकारी दिनुभयो ।
कार्यक्रममा बिभिन्न १० वटा सहकारी तथा समूहलाई बिउबिजन, ४० जना कृषकलाई टनेल,एक समूहलाई कम्वाईन मिल, चापकटर, ठेला लगायतका सामाग्री बितरण गरिएको परियोजनाले जनाएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


