चुनावमा अन्तर्घात गरेको भन्दै गल्याङका पूर्वमेयर अधिकारीलाई एमालेले गर्यो अनुशासनको कारबाही
असार ३२ गते ।
स्याङ्जाको गल्याङ नगरपालिकाका पूर्व नगरप्रमुख समेत रहेका जिल्ला कमिटी सदस्य भुपराज अधिकारीलाई एमालेले कारवाही गरेको छ । गत स्थानीय चुनावमा आफ्नै पार्टीका उमेद्वारलाई अन्तर्घात गरेको आरोपमा अधिकारीलाई कारबाही गरेको हो । अधिकारीलाई ६ महिनाका लागि पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेको एमाले स्याङ्जाले जनाएको छ ।
दुईपटकसम्म सोधिएको स्पष्टीकरणको जवाफ नआएपछि अधिकारीलाई पार्टीले कारबाही गरेको एमाले स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैरे (पारस)ले जानकारी दिनुभयो ।
एमालेले असार २० गते ३ दिन भित्र पेश गर्नेगरी र असार २८ गते २ दिन भित्र पेश गर्नेगरी स्पष्टीकरण सोधेको जनाएको छ ।
गल्याङ नगरपालिकास्तरीय समीक्षा बैठकमा उठेको विषय र अन्य धेरै प्रमाणहरुका आधारमा अधिकारीमाथि गम्भीर सवालहरु उठेको भन्दै एमालेले स्पष्टीकरण सोधेको भए पनि यसमा कुनै प्रतिक्रिया नजनाएको अध्यक्ष गैह्रेको भनाई छ ।
गल्याङमा जिल्ला अध्यक्ष गैरेले मेयरको टिकट पाएपछि निवर्तमान मेयर अधिकारी असन्तुष्ट रहेको बाहिर आएको थियो ।
जिल्ला कमिटि अध्यक्ष समेत रहेका गैह्रे काँग्रेसका गुरु प्रसाद भट्टराईसँग पराजित हुनु भएको थियो । गैह्रे ६९९ मतअन्तरले पराजित हुनु भएको थियो । भट्टराईले ९६२१ मत ल्याउनु भएको थियो भने गैह्रेले ८९२२ मत ल्याउनु भएको थियो । २०७४ सालको चुनावमा मेयर र उपमेयर दुबै जितेको एमालले यो पटक दुबै पद गुमाएको हो । उपमेयरमा अघिल्लो पटककी देवीसरा थापा मगर पुनः उपमेयरमा प्रतिस्पर्धी बनेको भए पनि काँग्रेसकी हेमा न्यौपानेसँग पराजित हुनु भएको थियो । २०७४ को चुनावमा मेयर अधिकारी २ हजार भन्दा धेरै मतले बिजयी हुनु भएको थियो । एमालेले गल्याङलाई आफ्नो पकड क्षेत्र मान्दै आएको थियो ।
गल्याङमा काँग्रेस एकल रुपमा निर्वाचनमा प्रतिस्पर्धा गरेको थियो । जिल्लाका अन्य धेरै तहमा भने गठबन्धन र एमाले बीच चुनावी प्रतिस्पर्धा भएको थियो । एमाले केन्द्रीय सचिव पद्मा अर्याल ईतर समुहमा रहदै आउनु भएका अधिकारी एमालेको जिल्ला कमिटि चुनावमा सचिव पदमा पराजित हुनु भएको हो ।
अधिकारीलाई एमालेले सोधेको स्पष्टीकरणपत्र :


समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


