शिशिर पंगेनी बचाऔं अभियान : पौडेलले गरे २० हजार सहयोग ।
स्याङ्जा २२ असार ।
रक्त क्यान्सर भए पछि उपचाररत रहेका वालिङ नगरपालिका वाड नं १० का शिशिर पंगेनीलाई सहयोग आउनेक्रम शुरु भएको छ । उहाँको उपचारका लागि सहयोग पुर्याउने उद्देश्यले सञ्चालन गरिएको अभियान अन्तर्गत वालिङ १० का सूर्यप्रसाद पौडेलले २० हजार एक सय सहयोग प्रदान गर्नु भएको छ ।
समाजसेवामा सक्रिय पौडेलले पंगेनीका परिवारलाई उक्त रकम हस्तान्तरण गर्नु भएको हो । बाढि पहिरोबाट बिस्थापित भएका दुई परिवारलाई पौडेलले बिगत २ बर्षबाट निशुल्क रुपमा आश्रय दिदै आउनु भएको छ ।
१८ वर्षिय पंगेनीलाई रक्त क्यान्सर पुष्टी भएपछि अहिले सिभिल अस्पताल मिनभवन काठमाण्डौमा उपचाररत रहनु भएको छ ।
उहाँलाई बोनम्यारो प्रत्यारोपणका लागि परिवारलाई रकम सहयोग गरिदिन अपिल गरेपछि सहयोग जुट्न शुरु गरेको हो । लामो समयसम्म अस्पतालमै बस्नुपर्ने र उपचारको लागि ४० देखि ५० लाख सम्म खर्च अनुमान परिवारजनले गरेको छ ।
शिशिरका परिवार वालिङका सामान्य परिवार हुन् । उहाँका बावु आमा खेती किसान गर्ने कृषक हुनुहुन्छ । छोराको उपाचारका लागि आफूसंग भएको र आफन्तहरुसंग ऋण सहयोग मागेर १० लाख उपचारमा सकिसकेको उहाँकी आमा सीता पंगेनीले वताउनु भयो । छोराको उपचारमा ठूलो रकम लाग्ने भएपछि छोराको जीवन रक्षाको लागि देश तथा विदेशमा सहयोगी संघ संस्था र व्यक्तिसंग आग्रह गरेकी छु, सबैले सहयोग गरे छोराको ज्यान बच्ने आशामा छु भक्कानिदै सीताले सबैसंग अपिल गर्नुभयो ।
शिशिरको उपचारको लागि खर्च जुटाउन अभियान अन्तर्गत उहाँकै नाममा मुक्तिनाथ विकास बैंकमा खाता खोलीएको छ भने लक्ष्मी बैंकमा अर्काे खाता खोलिएको छ ।
पंगेनीको मुक्तिनाथ विकास बैंकको खाता नं ०४८२२३००९०३४२४०००००१ र लक्ष्मी बैंकको खाता नम्वर ०३२२००४१५४५ मा सहयोग गर्न सकिने परिवारले जनाएको छ ।


समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


