विकासको साझा यात्रामा सधै लाग्ने छु  : नगर प्रमुख भट्टराई

टिकाराम अधिकारी/गल्याङ :

गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईल पालिकाको विकास निर्माणको साझा यात्रामा आफू सबैसँग हातेमालो गरेर अगाडि वढ्ने बताउनु भएको छ ।

स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.१ राम्दी स्थित रामनदी धाम संस्कृत गुरुकुलम्को तेस्रो वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

हाम्रो भाषाको उत्पत्ती संस्कृत भाषाबाट भएको बताउदै भट्टराईले संस्कृत भाषा सगै हाम्रो संस्कृति संरक्षण गर्ने अभियानमा गुरुकुलले खेलेको भूमिका प्रशंसनीय रहेको र ६८ जना विद्यार्थीहरुले संस्कृत अध्ययान गर्नु राम्रो पक्ष भएको बताउँदै त्यसका लागि सधै साथ सहयोग रहने स्पष्ट पार्नु भयो ।
रामदीको विकासका लागि गुरु योजना निर्माण गरेर अगाडि वढेको र शबदहन स्थल निर्मााण्का लागि डिपिआर गर्ने र त्यसको निर्माणका लागि बजेको व्यवस्थापनका लागि प्रदेश र संघ सरकारसंग समन्वय गर्ने बताउनु भयो ।

नगर प्रमुख भट्टराईले भने हाम्रो धर्म संस्कार संस्कृतिको जर्गेना गर्दै रामनदी धाम रामदीलाई नेपालको बनारस र काशी जस्तै गरि विकास गरेर अगाडि वढ्ने साथै सुविधा सम्पन्न स्वास्थ्थचौकी निर्माण खानेपानी, प्रहरीचौकीको स्तरउन्नती,बहुउदेश्यीय भवन निर्माण, कृषि पर्यटन क्षेत्रको विकास निर्माण अभियानमा आफू र नगरपालिका लागि पर्ने जानकारी गराउनु भयो ।
कार्यक्रममा वालिङ नगरपालिकाका नगर उपप्रमुख कविता गैह्रेले गण्डकी प्रदेशको मुख्यद्वार राम्दी भएकाले यहाँको विकास निर्माण गरेर देश तथा विदेशबाट पर्यटक ल्याउन सकिने र आयआर्जन गर्न सकिने भएकाले त्यस तर्फ आफूहरुको ध्यान गएको बताउनु भयो ।

उहाँले भन्नुभयो राम्दीको विकासका लागि हामी सबै जिल्लाबासी तथा छिमेकी जिल्लाहरुको साथ र सहयोगले अगाडि वढ्न आवश्यक छ ।

कार्यक्रममा गल्याङ नगरपालिका वडा नं.१ का वडाअध्यक्ष मणि प्रसाद वस्याल, राम माविका प्रअ डोलराज वस्याल,गुरुकुलका प्रअ कृष्ण प्रसाद वस्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

रामनदीधाम संस्कृत गुरुकुलम् व्यवस्थापन समितिका अध्यक्ष विष्णु देवपानन्द महाराजको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन लक्ष्मण भण्डारीले गर्नु भएको थियो ।

Facebook Comments Box
TOP