प्रतिनिधि सभाकाे उपसभामुखमा पुष्पा भुसाल निर्वाचित
काठमाण्डाै : प्रतिनिधि सभाकाे उपसभामुखमा सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेस्की पुष्पा भुसाल निर्वाचित हुनुभएकाे छ ।
केहीबेर अघि भएकाे चुनावमा भुसालले एक सय ४८ मत प्राप्त गरी निर्वाचित हुनुभएकाे हाे । भुसालकाे विपक्षमा ९३ मत खसेकाे थियाे । एक सांसद तटस्थ बसेका थिए । प्रतिनिधि सभामा दुई सय ७१ जना सांसद रहेकामा दुई सय ४२ जना उपस्थित भएका थिए ।
भुसाललाई उपसभामुखमा चयन गरियाेस् भन्ने प्रस्ताव पारित भएपछि एमालेकी भट्टराईकाे प्रस्तावमा मतदान नै गर्नु परेन । उपसभामुखमा भुसाल र भट्टराई उम्मेदवार थिए ।
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले गौतमले प्राप्त गर्नुभएको मत बहुमत भएकाले उहाँ उपसभामुख पदमा निर्वाचित भएको घोषणा गर्नुभयो । भुसाललाई सत्तारूढ गठबन्धनको समर्थन थियो ।
२०७६ माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि याे पद अहिलेसम्म खाली रहेकाे थियाे । झन्डै साढे दुई वर्षपछि प्रतिनिधि सभाले उपसभामुख पाएको हो ।
तस्बिर : रासस
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


