पुतलीबजारका पशुपंक्षी पालक किसानले पाए तालिमसँगै सामाग्री ।

input support syangja

स्याङ्जा :
पुतलीबजार नगरपालिकाले नगर भित्र रहेका सिमान्तकृत र विपन्न महिलाहरुलाई सिपमुलक तालिम र पशुपंक्षीका लागि आवश्यक पर्ने सामाग्री वितरण गरेको छ । पुतलीबजार नगरपालिका भित्र रहेका २ सय ९३ जना सीमान्तकृत र विपन्न महिलाहरुको आयस्तर उकास्न तालिम र सामाग्री वितरण गरेको हो । युएनडिपी र पुतलीबजार नगरपालिकाको साझेदारी एवं आस्क नेपालको सहजीकरणमा सञ्चालन हुदै आएको अस्थाई आधारभुत आय–टिबिआई प्रयास परियोजना अन्तरगत पुतलीबजारको आन्तरिक कोषमार्फत बाख्रा तथा कुखुरा पालन सम्बन्धि सीपमुलक तालिममा सहभागि महिलाहरुलाई पशुपंक्षी पालनका लागि आवश्यक सामाग्री हस्तान्तरण गरेको हो ।

महिलाहरुको आयस्तरमा बृद्धि प्रदान गर्न नगरपालिकाले सिपयुक्त तालिम सगै आवश्यक सामाग्री दिएको पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले बताए । पुतलीबजार नगरपालिकाले पशुपंक्षी व्यवसाय संचालन गर्ने महिलाहरुलाई सहज हुने अभिलासाले बाख्रा तथा कुखुरापालनका लागि सामाग्रीले सहयोग पुग्ने नगर प्रमुख रेग्मीले बताए । बिपन्न महिलाको व्यवसाय विस्तारलाई टेवा पुग्ने विश्वास लिएका छौं उनले भने,‘महिलाहरुलाई आर्थिक सगँ जोडेर समृद्ध नगर बनाउन चाहान्छौं ।’ पुतलीबजार नगर कृषिको हब हो भन्ने चिनाउन चाहान्छौं उनले भने ।
नगरपालिकाले नीति तथा कार्यक्रममा पनि महिलाहरुलाई स्वरोजगार बनाउने लक्ष्य लिएको छ । सोही लक्षित कार्यक्रम अनुसार महिलालाई तालिममा सहभागी गराउदै उनीहरुलाई व्यवहारीक तर्फ जोड्न यो अभियान सुरु गरेको उपप्रमुख देवी अर्यालको भनाई छ । तालिममा सिकेका कुरालाई अब व्यवहारमा उतार्ने बेला आएको छ उनले भनिन्,‘अब मागेर होइन काम गरेर अगाडी बढ्नुपर्छ भन्ने मानसिकतामा लागौ ।’ व्यवसायमा महिला जागरिलो, अनि इमन्दारिता र लगनशिलता हुने हुँदा सफलता मिल्छ भन्ने विश्वास नगरले लिएको छ उनले भनिन् ।

युएनडिपीबाट आर्थिक सहयोग पाएका महिलाहरुलाई पुतलीबजारको आन्तरिक कोष मार्फत सीपमुलक तालिम उपलब्ध गराईएको थियो । तालिममा ८५ जनालाई व्यवस्थित रुपमा आयआर्जनमा टेवा पुग्ने लक्ष्यका नगरपालिकाले लिएको जनाएको छ । आवश्यकताको आधारमा आधारभुत बाख्रापालन तालिमा सहभागी ७१ जनालाई बाख्राको खोर निर्माणका लागि जस्तापाता, दाना खुवाउने ताउलो, २ सय र ५ सय लिटरका पानीट्याङ्की उपलब्ध गराइएको छ ।

त्यस्तै कुखुरा पालनका लागि १४ जनालाई खोर निर्माण सगै जस्तापाता, पानीको लागि टंकी, ड्रिङ्कर, फिडर तथा स्टेनहरुको सेट उपलब्ध गराईएको छ । सामाग्रीको सहि सदुपयोगको गर्नेमा आपसी सहयोग केन्द्र स्याङ्जा विश्वस्त रहेको आपसी सहयोग केन्द्रका अध्यक्ष रुकुमदत्त शर्मा पौडेलले बताए । कार्यक्रममा पुतलीबजार नगरपालिकाका लेखा अधिकृत भोजराज ढकाल, आस्क नेपालका सहसचिव लेखनाथ पौडेल, सहायक व्यवस्थापक शिव पोख्रेल सामाजिक परिचालक सर्मिला पौडेल, लाभान्वित सहभागी रिता पोख्रेल तिवारी लगायतले तालिम सगै आवश्यक सामाग्रीले हौसला प्रदान गरेको बताए ।
आपसी सहयोग केन्द्र स्याङ्जा नेपालका अध्यक्ष रुकुमदत्त शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न उक्त प्रविधि हस्तान्तरण कार्यक्रमको सञ्चालन टिबिआई फिल्ड संयोजक हेमराज पौडेलले गरेका थिए भने स्वागत र सहयोगको औचित्यबारे कार्यकारी निर्देशक हरीप्रसाद ढकालले बताएका थिए ।

Facebook Comments Box
TOP