पाल्पामा बस दुर्घटना हुँदा ६ जनाकाे ज्यान गयाे
पाल्पा : पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् ।
बाग्लुङकाे बुर्तिबाङबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लगुवामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । दुर्घटनाको कारण खुलेको छैन । घाइतेहरूको तानसेन अस्पतालमा उपचार भइरहेको छ ।
गाडीमा २२ जना रहेका भनिए पनि पछि बाटोमा पनि मानिस चढेका हुन सक्ने भएकाले यकिन तथ्याङ्क खुलेको छैन । तस्वीर -सामाजिक सञ्चाल
Facebook Comments Box
समाचार
थप सामाग्री
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेसका युवा नेता तथा उद्यमी भरतराज ढकालले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको…


