मन्त्री मेखलाल श्रेष्ठले गरे ‘ट्रस्टको लागि छुट्याईएको रकम नलिने घोषणा’

पोखरा :
गण्डकी प्रदेशका शिक्षा, सस्कृती,बिज्ञान प्रबिधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले आफ्नो बुवा आमाको ट्रस्टको नाममा गण्डकी प्रदेश सरकारले बिनियोजन गरेको रकम नलिने घोषणा गर्नुभएको छ ।
बजेट विनियोजन भए लगत्तै सामाजिक संजालमा चर्को बिरोध भएपछि मन्त्री श्रेष्ठले सामाजिक संजाल बाटै उक्त रकम नलिने सार्वजनिक गर्नुभएको हो । उहाँले भन्नुभएको छ “जेष्ठ नागरिकको संमानका लागि यो रकम विनियोजन गरिएको थियो तर सामाजिक संजालमा आएको टिप्पणीले मेरो ध्यानाकर्षण भएको छ । त्यसैले मेरो बुवा स्वर्गीय पुननारायण श्रेष्ठ र आमा धनकुमारी श्रेष्ठको नाममा जिल्ला प्रशासन कार्यलयमा १२ बर्ष अगाडि नै दर्ता भई सामाजिक कार्य गर्दै आईरहेकोे ट्रस्ट लाई गण्डकी प्रदेश सरकारले छुट्याएको रकम फिर्ता गर्न चाहन्छु ।”

यस्तो छ सामाजिक संजालमा व्यक्त गरेको धारणा
“मेरो राजनिति सधैं जनताको सेवाकोलागि मेरो कर्म सामाज बिकासको लागि गल्ति भए माफ गर्नु होला! कमिकमजोरी भए सच्चिने मौका दिनु होला! श्रद्धेय वुवा, आमा दाजु भाइ तथा दिदी बहिनी हरूमा जय नेपाल ! गण्डकी प्रदेश सरकारको बजेटमा समावेश भएका विषयहरू सार्वजानिक भए लगत्तै मेरो बारेमा विभिन्न भ्रम सृजना भएकोले ट्रष्टको बजेट सङ्ग जोडिएर आज सामाजिक संजालमा विभिन्न टिप्पणी आए । म त्यो विषयमा अत्यान्त गम्भीर छु, मेरो स्व.पुननारायण श्रेष्ठ र आमा धनकुमारी श्रेष्ठको नाममा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको ट्रष्टको उद्देश्य जेष्ठ नागरिक सम्मान र महिला सशक्तिकरण गर्दै असाहायहरुको हितमा काम गर्ने, विद्यार्थी सहयोग, असाहाय र गरिव रोग र भोकमा रहेका मानिसहरूलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापना गरिएको संस्था हो । यो संस्था विगत १२ वर्ष देखि सन्चालनमा छ । म गण्डकी प्रदेशको मन्त्रीको हैसियतले मेरो गृह जिल्लामा यो ट्रष्टलाई समाजमा रहेका त्येस्ता बर्गहरुको सम्बोधन गर्दा ठिक होला भन्ने ठानेर वजेटको व्यवस्था गर्न अनुरोध गरेको हुँ । आज समाजिक संजालमा एकाएक आएका टिप्पणीले गम्भीर बनेको छु । यो शिर्षकको बजेट आगामी वर्षको वजेटवाट हटाई स्रोत व्यवस्थापन गर्न नपर्ने म अर्थ मन्त्री ज्यूलाई अनुरोध गर्दछु । म सधै जनताको पक्षमा काम गर्ने नेपाली काँग्रेसको ईमान्दार सिपाई हो । मेरो वुवा आमाको नाममा रहेको ट्रष्टको उद्देश्य अनुरूप सदैव कार्य गर्ने गराउने छु । मैले अब यो शिर्षकको बजेट फिर्ता लिने प्रतिवद्धता समेत गर्दछु यो फिर्ता भएको बजेट असाहे ज्येष्ठ नागरिक र महिलाहरुको हकहितमा सदुपयोग होस भन्ने चाहना गर्दछु । जय जेपाल”

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP