सुनौलो हजार दिनका आमाहरूलाई कुखुराको अन्डा बितरण तथा पोषण प्रबर्द्धन कार्यक्रम
साधना न्यौपाने/गल्याङ :
स्याङ्जा गल्याङ नगरपालिकाले सुनौलो हजार दिनका आमाहरूलाई कुखुराको अन्डा बितरण गरिएको छ । गल्याङ नगरपालिकाका ११ वटै वडाका गर्भवती महिलाहरुलाई प्रत्येक वडाका स्वास्थ्य चौकी मार्फत अण्डा बितरण गरिएको हो । प्रति गर्भवती एक एक सिट अण्डा बितरण गरिएको पालिकाले जनाएको छ ।
कार्यक्रममा बोल्दै गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपानेले स्वास्थ्य क्षेत्रमा गल्याङ नगरपालिकालाई सबल बनाउन बिशेष कार्यक्रम तय गरिएको जानकरी दिनुभयो ।
गर्भवती महिलाहरुको स्वास्थ्यको सुरक्षाका लागि आफूहरु प्रतिवद्ध रहेको भन्दै उपप्रमुख न्यौपानेले गर्भवती महिलाहरुलाई नजिकैको स्वास्थ्य संस्थामा गई निरन्तर स्वास्थ्य परिक्षण गर्न समेत आग्रह गर्नुभयो ।
स्वास्थ्य नै धन हो भन्ने भनाईलाई संझदै आफ्नो स्वास्थ्यमा सचेत रहन सबैलाई न्यौपानेको आग्रह छ ।
उहाँले स्वास्थ्य क्षेत्रको लागि नगरबाट बिभिन्न प्रकृतिका कार्यक्रम गर्ने गरि अगाडि बढेको बताउनु भयो । स्वास्थ्यलाई नागरिकमैत्री बनाउनका लागि सबैको साथ, सहयोग,सल्लाह , सुझाव दिन उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिका वडा न.११ का वडा अध्यक्ष दलबहदुर सिन्जालीले स्वास्थ्य नै सबै थोक भएको बताउनु भयो । उहाँले थप्नु भयो बिशेष तः गर्भवती महिलाहरुका लागि शक्ति प्रदान गर्ने पोस्टिक तत्व अन्डा , फलफुल, दूध लगाएतका ताजा खानेकुरा निरन्तर सेवन गर्न सुझाव समेत दिनुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिकाका स्वास्थ शाखा प्रमुख गुनेन्द्र राना लगायतले बोल्नु भएको थियो ।
समाचार
थप सामाग्रीनिजामती सेवा ऐन छिटो ल्याउन माग
४ दिन अगाडि
स्याङ्जा : २१ औं निजामती सेवा दिवस स्याङ्जामा विविध कार्यक्रम गरी मनाइएको छ । हरेक बर्षको भदौ २२ गते देशभरका…