ढाका बुनाई तालिम सम्पन्न

भीरकोट :
भीरकोट नगरपालिका वडा नं. ८ मा एक महिने ढाका बुनाई तालिम सम्पन्न भएको छ । गरिवि निवारण लघु उद्यम विकास कार्यक्रम अन्र्तगत महिलाहरुका लागी ढाका बुनाई तालिम भीरकोट ८ को ओकादीमा सम्पन्न भएको हो । तालिमको समापन गर्नुहुँदै भीरकोट नगरप्रमुख गोविन्द कर्माचार्यले तालिममा सिकेका सिपलाई व्यवसायिक प्रयोजनमा उतार्न अनुरोध गर्दै ढाकाको बजारीकरणका लागी नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।
महिलाहरु आर्थिक रुपमा सशक्त बनाउनका लागी नगरपालिकाले विभिन्न सिपमुलक तालिमहरु संचालन गर्दै आएको भन्दै यस्ता सिपमुलक तालिमलाई व्यवहारमा उतार्न समेत उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत खुमलाल भुषाल, वडा नं. ८ का वडा अध्यक्ष नन्दलाल खनाललगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा ९ जना महिलाहरुको सहभागिता रहेको थियो । तालिममा सहभागि महिलाहरुले ढाका कपडाका विभिन्न कपडाहरु उत्पादन गर्नुभएको छ । कार्यक्रम वडा अध्यक्ष नन्दलाल खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत मिना कुमारी गुरुङ र संचालन गोमा तिवारीले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…