ढाका बुनाई तालिम सम्पन्न

भीरकोट :

भीरकोट नगरपालिका वडा नं. ८ मा एक महिने ढाका बुनाई तालिम सम्पन्न भएको छ । गरिवि निवारण लघु उद्यम विकास कार्यक्रम अन्र्तगत महिलाहरुका लागी ढाका बुनाई तालिम भीरकोट ८ को ओकादीमा सम्पन्न भएको हो । तालिमको समापन गर्नुहुँदै भीरकोट नगरप्रमुख गोविन्द कर्माचार्यले तालिममा सिकेका सिपलाई व्यवसायिक प्रयोजनमा उतार्न अनुरोध गर्दै ढाकाको बजारीकरणका लागी नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।

महिलाहरु आर्थिक रुपमा सशक्त बनाउनका लागी नगरपालिकाले विभिन्न सिपमुलक तालिमहरु संचालन गर्दै आएको भन्दै यस्ता सिपमुलक तालिमलाई व्यवहारमा उतार्न समेत उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत खुमलाल भुषाल, वडा नं. ८ का वडा अध्यक्ष नन्दलाल खनाललगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा ९ जना महिलाहरुको सहभागिता रहेको थियो । तालिममा सहभागि महिलाहरुले ढाका कपडाका विभिन्न कपडाहरु उत्पादन गर्नुभएको छ । कार्यक्रम वडा अध्यक्ष नन्दलाल खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत मिना कुमारी गुरुङ र संचालन गोमा तिवारीले गर्नुभएको थियो ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP