व्युटिपार्लर एशोसियसन स्याङ्जाको १४औँ साधारण सभा,अध्यक्षमा पुन: अर्याल
स्याङ्जा :
व्युटिपार्लर एशोसिएसन स्याङ्जाको १४औँ साधारण सभा तथा सातौँ अधिवेसन सोमबार वालिङमा सम्पन्न भएको छ । साधारण सभा तथा अधिवेसनको उद्दघाटन गर्नुहुँदै वालिङ नगरपालिका उपप्रमुख कविता तिवारीले पछिल्लो समय महिला उद्यमशीलता विस्तार भएको भन्दै महिलालाई आर्थिक रुपमा सबल बनाउन सकिए मात्रै परिवार तथा समाज बलियो हुने बताउनुभयो । साथै उपप्रमुख तिवारीले व्युटिपार्लर एसोसियसनले महिलाहरुलाई आर्थिक रुपमा सबल बन्नुपर्छ भन्ने बाटोतर्फ अग्रसर बनाएको भन्दै महिलाहरुको आर्थिक तथा सामाजिक विकासका लागी नगरपालिका सँधै साथमा रहेको बताउनुभयो ।
कार्यक्रममा महिला उद्यमी विकास समिति गण्डकी प्रदेश अध्यक्ष तथा व्युटिपार्लर एसोसिएसनकी संस्थापक चिनु गुरुङ, नेपाल ब्युटिसियन संघका केन्द्रिय उपाध्यक्ष शान्ती शर्मा, व्युटिपार्लर संघ गण्डकी प्रदेश अध्यक्ष कल्पना कोईराला, व्युटिपार्लर एसोसिएसन गण्डकी प्रदेश उपाध्यक्ष दुर्गा थापा, वालिङ उद्योग वाणिज्य संघका महासचिव धुर्ब खांण, व्युटिपार्लर एएसोसिएसन कास्कीका अध्यक्ष सुस्मा गुरुङ, एसोसिएसन स्याङ्जाका पूर्ब अध्यक्ष लिसु अधिकारी, व्युटिपार्लर एसोसिएसन स्याङ्जाका कानुनी सल्लाहकार दिपक लम्साल, व्युटिपार्लर एसोसियसन स्याङ्जाका प्रेस सल्लाहकार तथा पत्रकार महासंघ स्याङ्जाका उपाध्यक्ष राधाकृष्ण डुम्रे, वालिङ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समिति अध्यक्ष कविता भुषाल, व्युटिपार्लर एसोसिएसन स्याङ्जाकी कोषाध्यक्ष बिमला थापा,पूर्ब सचिव कल्पना लम्साल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा ब्युटिसियन एसोसिएसन स्याङजाका संस्थापक अध्यक्ष चुत्र कुमारी थापा दुर्गा र निवर्तमान् अध्यक्ष लिसु अधिकारीलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको छ । ब्युटिसियनहरुलाई संगठित गर्ने, आर्थिक प्रगती तथा सीप हस्तान्तरणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै थापा र अधिकारीलाई सम्मानित गरिएको एसोसिएसनले जनाएको छ ।
कार्यक्रम व्युटिपार्लर एसोसिएसनका अध्यक्ष पुष्पा अर्याल रानाभाटको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन सचिव पमिला गुरुङले गर्नुभएको थियो ।
यसैबीच सातौँ अधिवेसनले पुनः पुष्पा अर्याल रानाभाटको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । उपाध्यक्षमा कल्पना आले, सचिवमा पमिला गुरुङ, सहसचिवमा मनु थापा, कोषाध्यक्षमा बिमला थापा, सहकोषाध्यक्षमा किरण गुरुङ रहनुभएको छ । त्यस्तै सदस्यहरुमा अरुणा थापा,निता गुरुङ,सबु थापा,रिमा थापा,लक्ष्मी चापागाँई,माया गोर्खाली,बसन्ती थापा,लक्ष्मी शर्मा,सरस्वती कोईराला,पुष्पा जिटी, पिता खनाल लगायत निर्वाचित हुनुभएको निर्वाचन अधिकृत दिपक लम्सालले जानकारी दिनुभयो ।
यसैबीच समाजमा उदाहरणीय काम गरेको भन्दै बिभिन्न क्षेत्रका महिला उद्यमीहरुलाई सम्मान गरिएको छ । एसोसिएसनले महिला उद्यमीहरु दुर्गा न्यौपाने,चन्द्रावती पंगेनी तुल्श्री गुरुङ लाई सम्मान गरेको हो ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …