अर्जुनचौपारीको फोहोर ब्यवस्थापनमा युवाको चाँसो
स्याङ्जा, असार ३२ गते ।
अर्जुनचौपारी गाउँपालिका बजारको फोहोर ब्यवस्थापनमा युवाहरुले चाँसो देखाएका छन् ।
एक बर्ष पहिला ७५ लाखको लागतमा फोहोर ब्यवस्थापन केन्द्र बनाईएको भएपनि सही प्रयोग हुन नसक्दा बजारमा संकलन गरिएको फोहोर केन्द्र बाहिर र सडकमा जथाभावी फालिएको थियो ।
तत्कालिन जनप्रतिनिधीहरुले टोल टोलमा एक ट्याक्टरको ५० प्रतिशत आर्थात दुई हजार दिने गरी छ महिना पहिला ब्यवस्थापन केन्द्रमा फाल्ने सम्झौता गरेका थिए ।
सम्झौता अनुसार फोहोर ब्यवस्थापन हुनुपर्नेमा बाटो र केन्द्र बाहिर सयौं ट्याक्टर फोहोर फालिएपछि पालिकासँग समन्वय गर्दै ब्यवस्थापन गरेको युवा नरेश रोकाले जानकारी दिनुभयो ।
समस्याको निराकरण गर्ने भन्दा पनि सामाजिक संजाल मार्फत दोषारोपण मात्रै गर्ने ब्यबहार देखिएपछि युवाहरु पुगेर ब्यवस्थापन गरेको रोकाले बताउनुभयो ।
वडा अध्यक्ष, स्थानिय १५ जना युवाले डोजरको प्रयोग गरेर अब्यवस्थित ढंगले फालेको फोहोर ब्यवस्थापन गरिएको हो ।
सोच बदलौ, समाज बदलौ, जागौ उठौ युवा भन्ने नारा लिएर अर्जुनचौपारी गाउपालिकालाई फरक शैलीबाट बिकासको बाटोमा लान उर्जा थप्ने हेतुले फोहोरको ब्यवस्थापन गरेको रोकाले बताउनुभयो ।
युवाहरुको टोलीले जल्ने फोहोलाई जलाएर र सिसालाई डोजरको माध्यमबाट खाडल खनेर छ घण्टाको प्रयासमा ब्यवस्थापन गरेको हो ।

तत्कालका लागि समस्या निराकरणका गर्न युवाको प्रयासलाई धन्यबाद दिदै पालिका अध्यक्ष प्रकाश तिवारीले दिर्घकालिन रुपमा फोहोर ब्यबस्थापनमा पालिकाले फरक शैली बनाएको बताउनुभयो ।
कुहिने र नकुने छुट्टाएर फोहोरको छुट्टाएर मात्र संकलन हुने बताउदै तिवारीले नकुहिने सिसालाई फरक संकलन गरिने बताउनुभयो ।
लाखौ खर्च गरेर निर्माण भएको फोहोर ब्यवस्थापन केन्द्र प्रयोगमा आउने बताउदै तिवारीले युवाकै माध्यमबाट फोहोरलाई आर्थिक आर्जन गर्ने बताउनुभयो ।
फोहोर ब्यबस्थापनको जिम्मा लिएर सम्बन्धित ठाउमा नपुराई बाटो र सडकको छेउछाउमा लगेर फालिएको र सम्बन्धित ठाउँमा नपुराई छाड्ने साधनको सम्झौता रकम पालिकाले रोक्का समेत गरेको प्रमुख प्रसासकीय अधिकृत उज्वल बस्नेतले बताउनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
४ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ…


