अर्जुनचौपारीलाई भ्रष्टचाार मुक्त र सुसासन सहितको पालिका बनाउछौं : अध्यक्ष तिवारी

स्याङ्जा :
अर्जुन चौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले जनताको सेवा धर्म भएको बताउनु भएको छ ।
भ्रष्टचाार मुक्त र सुसासन सहितको पालिका बनाउन आफु लागेको बताउदै तिवारीले भर्खर चुनाब जितेर आएको र पाचँ बर्षमा घोषणा पत्रमा भएका कुरालाई पुरा गर्ने बताउनुभयो ।
निर्वाचन सकिएसगै बजेट बनााउने समय आउदाँ जनताकोमा पुगेर बजेट बनाउन नसकेको बताउदै तिवारीले वडाका जनप्रतिनिधी भने जनताको गएको बताउनुभयो ।
साना योजनालाई पालिकाले प्राथमिकता नदिएको बताउदै तिवारीले परिणाम नभई गुणस्तरमा ध्यान दिने बताउनुभयो ।
प्राबधिकले गलत मुल्याङकन गरेरमा बाहिरका ल्याएर गुस्तर नाप्ने बताउदै तिवारीले हरेक नागरिककोमा पुग्ने गरी बजेट बिनियोजन भएको दाबी गर्नुभयो ।
कसैसगँ सम्झौता गरेर निर्माण, योजना बिनियोजनमा नलाग्ने बताउदै तिवारीले केहि समय कामलाई हेर्न आग्रह गर्नुभयो ।
पालिकामा भएका खर्च कति भयो जनताले जान्न पाउने बताउदै हरेक तीन महिनामा सामाजिक संजाल मार्फत सार्वजनिक गर्ने बताउनुभयो
असक्क्तलाई घर घरमा पुगेर स्वास्थ्य सेवा दिने र पुराना जनप्रनिधीले गरेका कामलाई पनि निरन्तरता दिने तिवारीको भनाई थियो ।
कार्यक्रममा उपाध्यक्ष सपना गुरुङ्ले रचनात्मक सुधार गर्दै अगाडी बढ्ने पाचँ बर्षमा केहि गरेर देखाउने बताउनुभयो । शिक्षा र स्वास्थ्यका कारण बसाई सराई बढेको र रोक्ने प्रयास पालिकाले गर्ने उपाध्यक्ष गुरुङ्ले बताउनुभयो ।
सुनुवाईमा प्रमुख प्रसासकिय अधिकृत उज्जल बहादुर बस्नेतले अगिल्लो बर्षमा एक सय ९७ वटा योजना रहेकोमा १० वटा मात्र काम नभएको बताउनुभयो । पालिकामा प्रगतिको हिसाबले ९५ प्रतिशत रहेको बस्नेतको भनाई थियो । २४ जनाले गुनासो गरेको सार्वजनिक सुनुवाईमा पाचँ बर्षमा नमुना पालिका बन्ने गरी काम गर्न जनप्रतिनिधीलाई आग्रह गर्नु भएको थियो ।

 

Facebook Comments Box
TOP