शक्तिको सबैभन्दा ठूलो श्रोत मानवश्रोत हो :नगरप्रमुख खाँण
वालिङ,१४ असार :
वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले शक्तिको सबैभन्दा ठूलो श्रोत मानव श्रोत भएको बताउनुभएको छ ।
मङ्गलबार ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता पुनर्ताजगी कार्यक्रमको समापन समारोहमा बोल्दै नगरप्रमुख खाँणले पशुको स्वास्थ्य मानव स्वास्थ्यसँग जोडिएको बताउनुभएको हो ।मानव स्वास्थ्य सबल हुन पशु स्वास्थ्य पनि सबल हुनुपर्ने खाँणले धारणा व्यक्त गर्नुभयो ।
उहाँले अमूक प्राणीको समस्या बुझेर तिनीहरुको स्वास्थ्योपचार गर्ने कार्य जटिल भएकोेले पशुप्राविधिकहरुले पूण्यको काम गरेको उल्लेख गर्नुभयो ।
अहिले विश्वका धेरै मानवसमुदायले पशुजन्य उत्पादनबाट लाभ लिइरहेकोले आर्थिक वृद्धिको लागि पशु स्याहार पनि महत्वपूर्ण भएको बताउनुभयो ।

नगरप्रमुख खाँणले किसानहरुका समस्या बुझेर गुणस्तरीय सेवा प्रदान गर्न पशु स्वास्थ्य कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । तालिमको सन्दर्भमा सिकेको ज्ञानहरुलाई प्रभावकारी ढङ्गले उपयोग गर्न खाँणले अनुरोध गर्नुभयो ।
वालिङको समृद्धिको लागि किसानहरुको महत्वपूर्ण योगदान रहने उल्लेख गर्दै पशुपालक किसानहरुलाई चाहिने सम्पूर्ण सेवाहरु उपलब्ध गराउन नगरपालिका तत्पर रहेको बताउनुभयो ।
तालिमका सहभागीहरुले बेला बेलामा तालिम तथा गोष्ठीहरुको आयोजना गरी नयाँ सीप तथा ज्ञानहरुको साटासाट गर्ने वातावरण मिलाइदिन आग्रह गरेका छन् ।
वालिङ नगरपालिकाको पशु स्वास्थ्य शाखाको आयोजनामा असार १२ देखि ३ दिनसम्म चलेको तालिममा नगरपालिकाभित्रका २३ जना पशु स्वास्थ्य कार्यकर्ताहरुको उपस्थित थिए ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


