वालिङ नगरपालिकाको बजेट ९१ करोड ८२ लाख
मणी अर्याल,
असार ९,वालिङ :
स्याङ्जाको वालिङ नगरपालिकाले आ.व.२०७९/०८० को बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाको १२ औँ नगरसभामा नगर उपप्रमुख कविता तिवारी गैह«ेले बजेट सार्वजनिक गर्नुभएको हो ।
नगरपालिकाको आ.व.२०७९/०८० को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न संघीय,प्रदेश र स्थानीय सरकारको गरी कुल ९१ करोड ८२ लाख २० हजार रुपैयाँको बजेट नगर उपप्रमुख तिवारीले नगरसभामा प्रस्तुत गर्नुभएको हो ।
बिहिबार नगरसभामा प्रस्तुत बजेटको ४५.८ प्रतिशत चालुतर्फ तथा ५४.२ प्रतिशत पूँजीगत तर्फ रहेको छ ।
बजेटको आयस्रोतको रुपमा आन्तरिक आय,गत वर्षका अल्या,संघीय सरकारको राजश्व बाँडफाँड,समपुरक अनुदान,विशेष अनुदान तथा सशर्त अनुदान गरी जम्मा ८७ करोड ३१ लाख १३ हजार र प्रदेश सरकारबाट राजश्व बाँडफाँड,समानीकरण अनुदान,समपुरक अनुदान तथा सशर्त अनुदान गरी जम्मा ४ करोड ५१ लाख ७ हजार रहेका छन् ।

विनियोजित बजेट मध्ये सबैभन्दा धेरै सामाजिक विकासको लागि ४५ करोड १३ लाख ७८ हजार र सबैभन्दा कम सुशासन तथा अन्तरसम्बन्धी क्षेत्रको लागि १ करोड ३२ लाख ८४ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
त्यसै गरी क्षेत्रगत रुपमा आर्थिक विकास,पूर्वाधार विकास,वडा स्तरीय विकास,,वातावरण तथा विपद् व्यवस्थापन र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा बजेट विनियोजन गरिएको छ ।
प्रस्तुत बजेटको स्वास्थ्य क्षेत्रमा नागरिकलाईस्वास्थ्य सेवाको सुनिश्चित गर्न जेष्ठ तथा दीर्घ रोगीहरुको स्वास्थ्य परिक्षण,सुत्केरी एम्बुलेन्स,स्वास्थ्य बीमाको पहँुच विस्तार लगायतमा प्राथमिकता दिइएको छ ।

शैक्षिक विकासको लागि प्रतिभाको खोजी कार्यक्रम ,शैक्षिक केन्द्रहरुलाई इन्टरनेटको माध्यमबाट गरिने सिकाई प्रक्रियाको लागि स्तरोन्नती,प्रोत्साहनमा आधारित लगानी तथा प्रत्येक विद्यालयमा इन्टरनेट र कम्प्युटरको जस्ता कार्यक्रमहरुलाई बजेट विनियोजन गरिएको छ ।
कृषि तथा पशु विकास कार्यक्रम अन्तर्गत कृषि एम्बुलेन्स तथा संकलन केन्द्रको स्थापना,नश्ल सुधार तथा कृषि बीमा,स्थानीय कृषि उत्वादनको ब्रान्डिङ,प्याकेजिङ तथा बजारीकरण कार्यक्रमलाई प्राथमिकताका साथ बजेट विनियोजन गरिएको छ ।्
त्यसै गरी पर्यटन,भाषा,संस्कृति संरक्षणका कार्यक्रमहरु ,युवा तथा खेलकुद क्षेत्रको विकास लगायतका क्षेत्रमा पनि बजेट विनियोजन गरिएको छ ।
आ.व.२०७९ /०८० को बजेटले स्वरोजगारमा विकास,उत्पादनको वृद्धि,पूर्वाधार तथा पर्यटकीय क्षेत्रमा संरचना निर्माणमा नीजि क्षेत्रको लगानीलाई प्रोत्साहन लगायतका उद्धेश्यहरु राखेको छ ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


