मानवश्रोत कमजोर बने समाजकल्याण हुन सक्दैन–प्रमुख खाँण
वालिङ , ३० जेठ :
वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले मानवश्रोतको विकास बिना समाज कल्याण हुन नसक्ने बताउनुभएको छ ।
सोमवार मेडिक मोबाइलको सहयोग, स्वास्थ्य कार्यालय स्याङ्जाको समन्वय तथा वालिङ नगरपालिकाद्वारा आयोजित मातृ तथा बाल स्वास्थ्य सेवा समन्वयका लागि मोबाइल स्वास्थ्य कार्यक्रमको अभिमुखिकरण तथा समीक्षा बैठमा बोल्दै नगरप्रमुख खाँणले स्वास्थ्य क्षेत्रको विकास नै अन्य विकासको आधारस्तम्भ भएको बताउनुभएको हो ।
नगरप्रमुख खाँणले स्थानिय सरकरको प्रथम लक्ष्य नागरिकको स्वास्थ्य सबलिकरण हुनुपर्ने उल्लेख गर्दै वालिङ नगरपालिकाले नागरिकको स्वास्थ्य सबल बनाउन सबै उपाय अबलम्बन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो–“स्वस्थ नागरिकले स्वस्थ जनशक्ती उत्पादन हुन सक्छ । स्वस्थ जनशक्तिले मात्र विकास निर्माणका काममा योगदान दिन सक्छ ।“
मानव स्वास्थ्य सबल राख्न पोषण,शारीरिक व्यायाम लगायतका पक्षमा ध्यान दिनुपर्ने उल्लेख गर्दै नगरप्रमुख खाँणले गर्भावस्थादेखी नै शिशुको स्वास्थ्य राम्रो बनाउन आवश्यक सम्पुर्ण बिधिको प्रयोग गर्न स्वास्थ्यकर्मीहरुलाई अनुरोध गर्नुभयो ।
शारीरिक ,मानसिक तथा संवेगात्मक स्वास्थ्य सबलिकरणका लागि आवश्यक सीप,प्रबिधी तथा अन्य पक्षको विकास गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख कविता तिवारी गैह्रेले नागरिकको स्वास्थ्य सबल बनाउन नगरले नीति तथा कार्यक्रम नै बनाएर अगाडि बढ्ने बताउनुभयो ।
उहाँले मातृशिशु सुरक्षाको लागि स्वास्थ्यस्वयंसेविका हरुको भुमिका उल्लेखनीय हुने भएकोले गर्भवती महिलाहरुको स्वास्थ्य जोखिमलाई हेरेर उनीहरुको स्वास्थ्य सबल बनाउन आवश्यक काम गर्न सबै लाग्नु पर्ने स्पष्ट पार्नु भयो ।
समीक्षा बैठमा वालिङ नगरपालिकाका प्रमुख प्राशकीय अधिकृत राजन भट्टराईले पछिल्लो समयमा आत्महत्याको दर बढिरहेकोले त्यसको न्यूनीकरणमा सबैले जोड दिन आग्रह गर्नुभयो ।

स्वास्थ्यका मापदण्डअनुसारको जिवनशैलीका लागि चाहिने सचेतनामुलक कार्यक्रम तथा स्वास्थ्य सेवा प्रवाहमा वालिङ नगरपालिकाले सम्पुर्ण कदम चालेको उल्लेख गर्दै अझै परिमार्जित रुपमा नीति तथा कार्यक्रम बनाइने जानकरी दिनुभयो ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


