वालिङ नगरपालिकाद्धारा बृहत निशुल्क प्रजनन स्वास्थ्य शिविर
कला राना,
वालिङ ४ असार ।
वालिङ नगरपालिकाले बृहत निशुल्क प्रजनन स्वास्थ्य शिविरको आयोजना गरी गाउँघरमै स्वास्थ्य सेवा प्रवाह गरेको छ । आर्थिक अवस्थाका कारण ग्रामिण क्षेत्रका महिलाहरु टाढा टाढा अस्पतालमा गई स्वास्थ्य जाँच गराउँन नसकिरहेका बेला नगरपालिकाले ग्रामिण स्तरमै प्रजनन स्वास्थ्य शिविर तथा महिलाहरुको पाठेघरको क्यान्सर स्क्रिनिङ आङ खस्ने समस्या यौन रोग तथा आँखा जाँच शिविरको आयोजना गरेको हो ।

वालिङ १० मा आयोजित शिविरको गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले उद्दघाटन गर्नुभएको हो । उद्दघाटनका क्रममा मन्त्री अधिकारीले महिलाहरु आफनो स्वास्थ्यमा सचेत हुनुपर्ने बताउनुभयो । दुरदराजमा रहनुभएको महिलाहरुमा अझै पनि रोग लुकाएर बस्ने समस्या रहेकाले महिलाहरुमा स्वास्थ्य सचेतनाको विकास हुनुपर्ने मन्त्री अधिकारीले जोड दिनुभयो । साथै मन्त्री अधिकारीले गण्डकी प्रदेश सरकार नागरिकको स्वास्थ्य प्रति जिम्मेवार रहेकाले सहज स्वास्थ्यको पहँचुमा पु¥याउन सरकार लागी परेको बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख कविता तिवारीले महिलाहरु स्वस्थ भए परिवार नै स्वस्थ हुने भन्दै शिविरको आयोजना गरी महिलाहरुलाई सहज स्वास्थ्यको पहुँचमा ल्याउने प्रयास गरेको बताउनुभयो । कार्यक्रम वडा अध्यक्ष सुशिल खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन सचिव दिपेन्द्र गैह्रेले गर्नुभएको थियो ।
सिविरमा ११० जनाले आँखा जाँच गराएका छन भने १३० जनाले पाठेघर सम्बन्धी सेवा लिएका छन । आँखा जाँच गरिएका ११० जना मध्ये ४ जनाको मधुमेहको शल्यक्रिया गर्नुपर्ने भएकाले निशुल्क हिमालयन अस्पताल पोखरामा लगिने जनस्वास्थ्य अधिकृत कमलप्रसाद पाण्डेले जानकारी दिनुभयो । त्यस्तै पाठेघर सम्बन्धी जाँच गराएका महिलाहरु मध्ये ८ जनामा यौनरोग देखिएको छ ।
शिविरमा निशुल्क, औषधी, चस्मा वितरण गरिएको थियो । नगर स्वास्थ्य साखा अन्र्तगतका स्वास्थ्यकर्मीहरुले सेवा दिएको शिविरमा डा. दिपक सुवेदीको नेतृत्वमा सेवा दिईएको हो । त्यस्तै आँखा शिविरमा डिस्ट्रिक आई सेन्टरले प्राविधिक सहयोग गरेको थियो ।


समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


