११ हजार सेवाग्राहीलाई घरमै भत्ता

प्रकाश डोटेल,
स्याङ्जा, जेठ १८ :

स्याङ्जाका दुई नगरपालिकाले सामाजिक सुरक्षा (भत्ता) वापतको रकम झण्डै ११ हजार सेवाग्राहीलाई घरमै पु¥याउने भएका छन् । जिल्लाका ११ पालिका मध्ये पुतलीबजार र गल्याङ् नगरपालिकाले १० हजार ९ सय ८१ जनालाई सामाजिक सुरक्षा (भत्ता) वापतको रकम घरमै पु¥याउने भएका हुन् ।

नगरका बैंक तथा वित्तीय संस्थासँगको साझेदारीमा दुबै नगरपालिकाले घरघरमा भत्ता पु¥याउन लागेका छन् । पुतलीबजारका ११ र गल्याङ्का ७ बैंक मार्फत घरघरमा भत्ता पु¥याउन लागिएको हो । जिल्लाका ९७ वडा मध्ये पुतलीबजारका १४ र गल्याङ्का ११ गरी ३० वडाका सेवाग्राहीले घरमै भत्ता पाउने भएका छन् ।

चालु आर्थिक वर्ष २०७८÷७९ को त्रैमासिक रुपमा चौथो तथा अन्तिम किस्ता भत्ता पाउनेको संख्या पुतलीबजारमा ६ हजार ४ सय ४८ छन् भने गल्याङ्मा ४ हजार ५ सय ३३ रहेका छन् । ग्रामीण क्षेत्रबाट मुकाम केन्द्रित बैंकमा जान सास्ती छ भने लामबद्ध भएर भत्ता लिन उत्तिकै असहज भएको गुनासो बढेसँगै नगरपालिकाले भत्ता स्वरुपको रकम घरमै पु¥याउने निर्णय गरेका छन् ।

जेष्ठ, दलित नागरिक, एकल र विधवा महिला र अपाङ्गलाई हिडडुलमै समस्या त्यसमाथि लामबद्ध भएर बैंकमा पालो कुर्नपर्ने बाध्यता हटाउन तत्काल निर्णय लिएको पुतलीबजारका नगरप्रमुख तुलसीराम रेगमीले बताए । सके घरघरमै नसके टोलटोलमा पुगेर बैंक मार्फत भत्ता रकम वितरणको व्यवस्था मिलाएको प्रमुख रेगमीले बताए ।

प्रत्येक वडामा ३० देखि ५० लाखसम्म नगद वितरण गनुपर्ने छ । प्रत्येक त्रैमासिकमा पुतलीबजारमा ६ करोड ५० लाख र गल्याङ्मा ४ करोड ३० लाख बढि रकम वितरण गर्नुपर्ने हुन्छ । नगद र सुरक्षाको आवश्यक व्यवस्था स्थानीय सुरक्षा निकायसँगको सहकार्यमा नगरपालिकाले मिलाउने भएपछि घरघरमा भत्ता पु¥याउन बैंकहरु राजि भएका छन् ।

“घरघरमै भत्ता पु¥याउने काम त्यत्ति सहज नभएपनि पहिलो चरणमा नगरका ग्रामीण भेगमा लैजाने काम गर्छौ ।” गल्याङ् नगर प्रमुख गुरुप्रसाद भट्टराईले भने, “भत्ता वापतको नगद वितरण ग्रामीण भेगबाट शहर केन्द्रित गर्ने तयारीमा छौं ।” जोखिम न्यूनिकरण गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउन आन्तरिक रुपमा आवश्यक तयारी गरिएको प्रमुख भट्टराईले बताए ।

नगरपालिकाले घरघरमा भत्ता पु¥याउने भएपछि जिल्लास्थित अपाङ्ग महासंघले खुसि व्यक्त गरेको छ । महासंघका जिल्ला अध्यक्ष युवराज शर्माले सवारी भाडा र खाजा खर्चको व्यवस्था गरेर सहयोगीको सहारामा भत्ता लिन जानुपर्ने बाध्यता हट्ने भएपछि अपाङ्गता व्यक्तिहरु खुसि भएको सुनाए ।

दुई पालिकाले चुनावी प्रतिबद्धता अनुरुप घरघरमै भत्ता पु¥याउने भएपछि जिल्लाका अन्य पालिकाले समेत चासो व्यक्त गरेका छन् । पुतलीबजार र गल्याङ्ले घरमै भत्ता पु¥याउने निर्णय गरेसँगै चापाकोट नगरपालिकाल जोखिम न्यूनिकरण गरेर घरघरमा भत्ता पु¥याउने तयारी थालेको नगरप्रमुख देबबहादुर खाँण ‘ईश्वर’ ले बताए । चापाकोटले घरमै भत्ता पु¥याउने गरी आन्तरिक तयारी थालेको खाँणले जानकारी दिए ।

Facebook Comments Box
TOP