स्कूल ब्यागसहितका शैक्षिक सामग्री वितरण
तोलाकान्त बगाले,
वालिङ, ७ असार :
स्याङ्जाको वालिङ ९ भुम्रेस्थित भुम्रे माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई मंगलबार स्कूल ब्याग, स्टेशनरी र हाईजिन किट््स वितरण गरिएको छ ।
चाईना फाउण्डेशन फर पोभर्टी एलिभेसनको आर्थिक सहयोग र ग्लोबल कोअपरेशन फर डेभलपमेण्टको समन्वय तथा नेपाली काँग्रेस केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारीको पहलमा विद्यालयका शिशुदेखि आठ कक्षासम्मका २५३ बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्नुहुँदै तिवारीले शैक्षिक सामग्री प्राप्त भएसँगै विद्यार्थीमा अध्ययन गर्ने बानीको विकास तथा थप उर्जा दिने विश्वास ब्यक्त गर्नुभयो । उहाँले स–साना बालबालिकालाई पढाईतर्फ थप आकर्षित गराउँदै शैक्षिक गुणस्तर बृद्धिकालागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
“शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रमलाई एउटा अभियानकैरुपमा विभिन्न सामुदायिक विद्यालयहरुमा सञ्चालन गर्नेछौं” उहाँले भन्नुभयो, “यसले आर्थिक अवस्था निक्कै नै कमजोर भएकैकारण अध्ययनमा पछाडि परेका बालबालिकालाई केही हदसम्म सहयोग पुग्ने छ ।” यस अभियानालाई वालिङ, गल्याङ, भीरकोट नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीमाझ पु¥याईने उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद रेग्मीले सामुदायिक विद्यालयमा पछिल्लो समय शैक्षिक गुणस्तरमा सुधार हुँदै गएकाले अभिभावक तथा विद्यार्थीको विश्वास जित्दै अगाडि बढेको दावी गर्नुभयो ।
उहाँले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिकालागि र विद्यार्थीमा थप उर्जाकालागि यस खालका सहयोगले निक्कै महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रम संयोजक सुरेश प्याकुरेलले शैक्षिक सामग्रीहरुकाबारेमा जानकारी दिंदै त्यसको सही सदुपयोगकालागि शिक्षक, अभिभावक तथा विद्यार्थीलाई आग्रह गर्नुभयो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक तिलक पराजुलीले स्वागत र शिक्षक गोविन्द काफ्लेले सञ्चालन गर्नुभएको थियो ।
यस अभियान अन्तर्गत पहिलो चरणमा वालिङ नगरपालिकाभित्रका एघार विद्यालयका एकहजार २५९ बालबालिकालाई स्कूल ब्याग, स्टेशनरी, हाईजिन किट्स, छाता लगायतका २१ प्रकारका सामग्रीहरु वितरण गरिने आयोजकले जनाएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


