रवि लामिछाने पत्रकारिता छाडेर अब राजनीतिमा लाग्ने, संघीय चुनाव लड्ने तयारी ।

 

काठमाण्डौ:
चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछाने पत्रकारिताबाट बाहिरिएका छन् । उनले ग्यालेक्सी टीभी आज छाडेका छन् ।

आगामी संघीय चुनावमा स्वतन्त्र उम्मेदवार बन्ने तयारीमा रहेका लामिछानेले टीभी छाडेका हुन् ।

आमजनताको सरोकारका विषय उठाउँदै ‘सिधा कुरा’ नामक कार्यक्रम चलाएका रवि नेपालीजनमा प्रिय छन् । ग्यालेक्सी टिभीकर्मीको बैठकमा उनले आफू राजनीतिमा लाग्ने भएकाले बाहिरिएको बताएका छन् ।

आज बेलुका प्रशारण हुने सिधा कुरा अन्तिम कार्यक्रम हुने बताइन्छ । उनले काठमाडौं– ५ वा २ बाट चुनाव लड्ने योजना बनाएको उनका सहयोगीहरूले बताएका छन् ।

 

Facebook Comments Box

विचित्र संसार

थप सामाग्री
TOP