पुतलीबजारमा ‘एक घर एक बिरुवा’ अभियान

प्रकाश डोटेल,
स्याङ्जा, २२ जेठ :

स्याङ्जा सदरमुकामस्थित पुतलीबजार नगरपालिका वडा नं. १ मा ‘एक घर एक बिरुवा’ अभियान शुरु गरिएको छ । विश्व वातावरण दिवसको अवसर पारेर नगरपालिकाको सहयोग, डिभिजन वन कार्यालयका समन्वय र स्थानीय युवा क्लवको आयोजनामा अभियानको शुरुवात गरिएको हो ।

नगरपालिकाको अभियानपथ, ठाडो लाईन र भूपु सैनिक टोलमा अभियान अन्र्तगत प्रत्येक घरमा गमला सहितको बिरुवा रोपण गर्ने कार्यक्रम रहेको छ । डिभिजन वन कार्यालयले बिरुवा उपलब्ध गराएपछि प्रत्येक घरमा नगरपालिकाको सहयोगमा गमला सहित धुपीको बिरुवा रोपण गरिने स्याङ्जा युथ क्लवका अध्यक्ष रोशन श्रेष्ठले जानकारी दिए ।

अभियानपथका करिब एक दर्जन घरमा गमला सहितको धुपीको बिरुवा रोपण गरिएको छ । केहि दिनभित्रमा अभियानपथका झण्डै एक सय घर, ठाडोलाईनका करिब ५० र भूपु सैनिक टोलका करिब एक सय घरमा वातावरण मैत्री नगरपालिका बनाउन बिरुवा रोपण गरिने लक्ष्य राखिएको क्लवले जनाएको छ ।

वातावरण दिवसका अवसरमा अभियानको शुभारम्भ गर्दै पुतलीबजार नगरपालिकाका नगरप्रमुख तुलसीराम रेग्मीले वातावरणको क्षेत्रमा विश्वमा बढ्दै गएको चुनौतीको सामना मावन एकताले मात्रै चिर्न सक्ने बताए । उनले मावन एकताबाट रुख, बिरुवा संरक्षण र सरसफाईको माध्यामबाट मात्रै वातावरणमा देखिएको चुनौतीको सामना गर्न सकिने बिचार व्यक्त गरे ।

“नगरपालिकालाई वातावरण मैत्री बनाउँदै विकासमा सहभागिता जनाउनु सबैको साझा संकल्प हो ।” नगरप्रमुख रेगमीले भने, “साझा संकल्पबाट विकाससँगै मानव जीवनलाई सफा र जीवन्त राख्न सकिन्छ ।” विकासलाई वातावरण मैत्री बनाउन नसक्दा पछिल्लो समय विकासका नाममा वातावरण बिग्रदै गएकोमा रेग्मीले चिन्ता व्यक्त गरे ।

अभियानलाई शहरदेखि गाउँसम्म पु¥याउनुपर्नेमा जोड दिर्दै पुतलीबजार नगरउपप्रमुख देबी अर्यालले स्थानीय क्लवले थालनी गरेको अभियानलाई सबैको सहयोगमा सार्थक बनाउनुपर्नेमा जोड दिईन् । मानवको गतिविधिले आफ्नै सभ्यतामा चुनौती थपिएपछि मानव सक्रियताले नै चुनौतीको सामना गर्नुपर्ने अर्यालले बताईन् । त्यस अवसरमा पुतलीबजार नगरपालिका मार्फत हुने हरेक विकास निर्माणका कार्य वातावरण मैत्री हुने समेत अर्यालले दाबी गरिने ।

गमला सहित धुपीको बिरुवा घर अगाडी दैलोमै रोपण हुने भएपछि स्थानीय हर्षित छन् । आफ्नो घरको दैलोमा बिरुवा आफै रोप्नुपर्नेमा क्लवको सक्रियतामा घरमै गमला सहितको धुपीको बिरुवा पाउने भएपछि उनीहरु हर्षित भएका हुन् । क्वलको अगुवाईमा नगरपालिकाले वातावरण मैत्री काम गरेकोमा स्थानीयले खुसि व्यक्त गरे ।

विश्व वातावरण दिवस सहित विभिन्न अवसरमा क्लवले सदरमुकाम क्षेत्रमा रचनात्मक कार्यक्रम संचालन गर्दै आएको छ । दिवस र अभियानलाई सार्थक बनाउँन युवाहरुको सामुहिक सहभागितामा कार्यक्रम गर्दै आएको क्लवसका सचिव रिमल नेपालीले जानकारी दिए । नागरिकको प्रत्येक गतिविधि वातावरण मैत्री हुनुपर्ने आवश्यकता सचिव नेपालीले औल्याएं ।

Facebook Comments Box
TOP