एकीकृत समाजवादीद्वारा मन्त्री हेरफेर गर्ने निर्णय: यी हुन् नयाँ नाम ।

 

काठमाण्डौ:
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले सरकारमा सहभागी मन्त्रीहरू हेरेफेर गर्ने भएको छ। एकीकृत समाजवादीको सचिवालय बैठकले पुराना मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको हो।

बैठकले सरकारमा सहभागी भएका आफ्ना पार्टीका मन्त्री फिर्ता बोलाउँदै नयाँ सदस्यको नाम प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष पठाएको छ । जानकारी अनुसार नेपालले हिराचन्द्र केसी, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र शेरबहादुर कुँवरको सिफारिस गरिएको छ।

यसअघि पार्टीको सचिवालय बैठकले ६ महिना पुगेका पार्टीका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।नयाँ मन्त्री हेरफेरको विषयमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रीहरू फेरिनु नियमित प्रक्रिया भएको प्रतिक्रिया दिएका छन्। आज पार्टी केन्द्रीय कार्यालयबाट बाहिरिने क्रममा अध्यक्ष नेपालले मन्त्री फेरिनु नियमित प्रक्रिया भएको बताएका हुन्।

 

Facebook Comments Box
TOP