गरिमा बैंकद्धारा सुरक्षा बेल्ट हस्तान्तरण
प्रकाश डोटेल,
स्याङ्जा, जेठ १८ :
गरिमा विकास बैंकले जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई सुरक्षा बेल्ट हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले २ सय ७२ थान रात्रिकालिन सुरक्षा बेल्ट जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई हस्तान्तरण गरेका हुन् ।
सामाजिक उत्तरदायित्व काम गर्दै आईरहेको बैंकले सोहि अन्र्तगत गणतन्त्र दिवसको अवसर पारेर सो सामग्री हस्तान्तरण गरेको हो । रात्रिकालिन अवस्थामा खटिने ट्राफिक प्रहरीहरुका लागि अत्यन्त आवश्यक सुरक्षा बेल्ट प्रहरीलाई हस्तान्तरण गरेको छ ।
सदैव संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर बैंकले समाजको विकास र स्तरोन्नतीका लागि निरन्तर काम गर्दै आईरहेको बैंकका पुतलीबजार शाखा प्रमुख प्रेमकिशोर अर्यालले जानकारी दिए ।
गरिमा विकास बैंकले नेपालभर १ सय २१ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएम मार्फत सरल, सुलभ एवं सुरक्षित सेवा प्रदान गर्दै आईरहेको बताएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


