नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण ।

काठमाडौ:

नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
सोमबार राष्ट्रपति कार्यालयमा सपथ ग्रहण गरेपछि नवनियुक्त मन्त्रीहरूले सिंहदरबारस्थित मन्त्रीहरूले पदाभार सम्हालेका हुन्।

सोमबार बिहान राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित सपथ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्रीहरूलाई सपथ खुवाएकी थिइन्। यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार मेटमणि चौधरीलाई शहरी विकास, जीवनराम श्रेष्ठलाई पर्यटन, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार र भवानी खापुङलाई स्वास्थ्य मन्त्री नियुक्त गरेकी थिइन्।

Facebook Comments Box
TOP