बिशेषज्ञ सहितको आयुर्बेद सेवा गाउँमै पाएपछि खुसी

अर्जुन काफ्ले,
स्याङ्जा, असार ९ गते ।
अर्जुन चौपारी गाउँपालिका ३ का ७९ बर्षिय गंगाधर काफ्ले बिशेषज्ञ सहितको आयुर्बेद सेवा गाउँमै पाएपछि खुसी ब्यक्त गर्नु भएको छ ।
सामान्य उपचारको लागि पुतलीबजार र पोखरा पुग्नु पर्ने काफ्लेले आफ्नै पालिकामा बिशेषज्ञ सहितको सेवा पाउनु भएको हो ।
सामान्य उपचारको लाग दिनै बिताएर र धेरै रुपिँया खर्च गरेर उपचार गरेको बताउदै काफ्लेले पालिकाले गाउमै सेवा दिएर नागरिकलाई ठुलो गुन लगाएको बताउनुभयो ।
काफ्ले जस्तै अर्जुन चौपारी गाँउपालिका ५ का ७५ बर्षिय मिना पौडेलले बर्षौै आयुर्बेद सेवा लिएको र बिशेषज्ञ सहितको सेवा लिन पोखरा पुग्ने गरेको बताउदै घरको नजिकै पालिकाको पहलमा सेवा दिएको र आगमी दिनमा समेत दिन आग्रह गर्नुभयो ।
गाउँपालिकाले आयुर्बेद शाखाको समन्वय गरेको बृहत आयुर्बेद स्वास्थ्य शिबिरमा पालिका र पर्वतका गरी १० देखी ७९ बर्ष सम्मका ३०३ जना नागरिकले सेवा लिएका थिए ।
नागरिक स्वास्थ्य रहन आहार बिहार मिलाउनुपर्ने बताउदै गाउपालिका अध्यक्ष प्रकाश तिवारीले जीवन शैली सुधार आवश्यक रहेको बताउनुभयो ।
आफु भर्खर अध्यक्ष भएर आएको र अब अपाङ्ग तथा जेष्ठ नागरिकलाई घरमा अन्यलाई टोलमा पुगेर स्वास्थ्य सेवा दिने तिवारीको भनाई छ ।
शिबिरमा उपाध्यक्ष सपना गुरुङ्, प्रमखु प्रसासकीय अधिकृत उज्वल बस्नेत, वडा नम्बर १ अध्यक्ष रणबहादुर थापा लगायतले बोलेका थिए ।
स्वास्थ्य शिबिरमा डा तुलसी श्रेष्ठ सहितको ११ जना स्वास्थ्यकर्मी सहितको टोलीले एक दिने सेवा दिएको हो ।
स्वास्थ्य ब्यक्तीको स्वास्थ्यको रक्षा र रोगीको रोग निवारण भन्ने मुल नाराका साथ गरिएको शिबिरमा ३१ थरिका औषधीहरु निशुल्क बितरण गरेको आयुर्बेद शाखा प्रमुख ललित थापाले बताउनुभयो ।

 

Facebook Comments Box
TOP