न्यु गाउँबेसी सहकारीद्वारा ५० प्रतिशत अनुदानमा कृषि औजार हस्तान्तरण
वालिङ, ७ असार :
स्याङ्जाको वालिङमा रहेको न्यू गाउँवेशी बहुउद्देश्यीय सहकारी संस्थाले मंगलबार वालिङमा ५० प्रतिशत अनुदानमा कृषि औजार हस्तान्तरण गरेको छ । सहकारी रजिष्टार कार्यालय गण्डकी प्रदेश पोखराको ५० प्रतिशत अनुदान सहयोगमा सहकारीमार्फत कृषि औजारहरु हस्तान्तरण गरिएको हो ।
कृषि औजार हस्तान्तरण गर्नुहुँदै सहकारी रजिष्टार कार्यालय पोखराका रजिष्टार उदयबहादुर पराजुलीले कृषिमा आधुनिक यन्त्र उपकरणको प्रयोगमा जोड दिंदै लागत घटाउन र उत्पादनमा बृद्धि गर्नकालागि कृषि औजारहरुको महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो ।
उहाँले अनुदानमा प्राप्त भएका कृषि औजारहरुको सही सदुपयोग गर्न पनि कृषकहरुमा आग्रह गर्दै आगामी दिनमा पनि यसप्रकारका कार्यक्रमहरु सञ्चालन गर्दै लगिने बताउनुभयो ।
कृषकहरुको माग र आवश्यकताका आधारमा सहकारीमार्फत कृषकहरुलाई कृषि औजारहरु उपलब्ध गराईएको संस्थाका अध्यक्ष अर्जुनप्रसाद खनालले बताउनुभयो । सहकारीमार्फत एघार वटा कम्बाईण्ड मिल र सात वटा हाते ट्रयाक्टर वितरण गरिएको अध्यक्ष खनालले बताउनुभयो ।
संस्थाका अध्यक्ष अर्जुनप्रसाद खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव ताराप्रसाद श्रेष्ठले र स्वागत संस्थाका सदस्य क्याप्टेन ताराप्रसाद श्रेष्ठले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


