आँधीखोला गाउँपालिकाद्वारा कृषकलाई हाते ट्याक्टर वितरण
स्याङ्जा :
स्याङ्जाको आँधीखोला गाउँपालिकाले पालिका भित्रका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा ८० वटा हाते ट्याक्टर वितरण गरेको छ । किसानलाई कृषि पेशाप्रति आकर्षित गर्दै परम्परागत कृषि प्रणालीलाई यान्त्रीकरण र व्यवसायीकरण गर्ने उदेश्यले हाते ट्याक्टर वितरण गरेको गाउँपालिकाले जनाएको छ । किसानलाई खेती गर्न सहज होस् भनेर अनुदानमा हाते ट्याक्टर प्रदान गरिएको गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले बताए । ‘गाउँमा गोरु पाल्ने चलन हराइ सक्यो । काम गर्ने मान्छे पनि छैनन्,’ उनले भने, ‘कृषि सरल र सहज बनाउन किसानलाई ट्याक्टर दिएका हौं ।’ कृषिमा यान्त्रीकरण, व्यवसायीकरण र बजारीकरण गर्नुपर्ने भन्दै यसका लागि किसानलाई सहयोग गरिएको अध्यक्ष पौडेलले बताए । कार्यक्रममा बोल्दै उपाध्यक्ष सिता थापाले स्वदेशमै कृषि पेसा गरेर मनग्य आम्दानी गर्न सकिने भएकोले विदेशिएका युवाहरूलाई स्वदेशमा फर्कन आग्रह गरिन् ।
गाउँपालिकाले कृषिमा आत्मनिर्भर बनाउने योजनाका साथ नीति कार्यक्रम बनाई काम गरिरहेको उनको भनाई छ । युवाहरू विदेश तर्फ पलायन भए सँगै गोरु पाल्ने तथा खेती गर्ने कार्यमा कमी आएको तथा भौगोलिक रूपमा विकट यस क्षेत्रमा हाते ट्याक्टर वितरण कार्यक्रमले कृषि उत्पादनमा ठूलो सघाउ पुग्ने भन्दै यस कार्यक्रमले आफूहरू कृषि खेती कार्य गर्न अझै उत्साहित भएको कृषकहरूले बताएका छन् । प्रमुख प्रशासकीय अधिकृत युबराज अधिकारीले आ.व २०७८।७९ को बजेटबाट कृषि र पशुपालनलाई पहिलो प्राथमिकतामा राखेकोले युवाहरूलाई कृषि पेसामा लाग्न आग्रह गरे । दिन भर लाएर गोरुको सहायतामा खेतवारि जोत्न परेको कुरा सुनाउँदै अबका दिनमा भने एक दुई घण्टामा आफ्नो खेत बारी जोत्न सकिने बताउँदै गाउँ पालिकाले किसानको हितमा काम गरेको कृषक बालकृष्ण पौडेलले बताएका छन् । प्रति ट्याक्टर कुल ४९ हजार मध्ये गाउँपालिकाले २४ हजार पाँच सय अनुदान दिएसँगै किसानले २४ हजार पाँच सयमा ट्याक्टर पाएको गाउँपालिकाका सूचना प्रविधी अधिकृत रोशन लामिछानेले बताएका छन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


