वालिङमा माओवादी केन्द्रले काँग्रेसका मेयर उपमेयरलाई समर्थन गर्यो ।

वालिङ :
नेकपा माओवादी केन्द्र वालिङले उमेद्वारी फिर्ता लिदै गठबन्धन अन्तर्गत नेपाली काँग्रेसलाई समर्थन गर्ने घोषणा गरेको छ ।
मंगलवार साझ संयुक्त पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन अन्तर्गत सहकार्य गर्ने सहमती गरेको घोषणा गरेका हुन् ।
आज गठबन्धन बीच भएको सहमतीका आधारमा काँग्रेसका तर्फबाट मेयर पदका उमेद्वार दिलिपप्रताप खाँण र उपमेयर पदका उमेद्वार कविता तिवारी गैह्रेलाई समर्थन गर्दै रुख चिन्हमा मतदान गर्ने निर्णय तथा सहमती भएको आज पत्रकार सम्मेलन गर्दै जानकारी गराईएको हो ।
केही वडामा मित्रवत प्रतिस्पर्धा गर्ने सहमती भएको भए पनि मेयर र उपमेयरमा तथा ११ वटा वडामा गठबन्धन अन्तर्गत नेपाली काँग्रेसलाई मतदान गर्ने सहमती भएको नेकपा माओवादीका जिल्ला संयोजक प्रकाश न्यौपानेले जानकारी दिनुभयो ।
सहमती अनुशार अव संयुक्त तयारी गरी मेयरमा खाँण र उपमेयरमा तिवारीलाई मतदान गरिने न्यौपानेले बताउनु भयो ।
पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका जिल्ला उपसभापति केदार काफ्ले,मेयर पदका उमेद्वार दिलिपप्रताप खाँण,माओवादी केन्द्रका संयोजक प्रकाश न्यौपाने,माओवादी केन्द्रका चविलाल डुम्रे लगायतले बोलेका थिए ।
विचित्र संसार
थप सामाग्री-
सात्विक भोजन के हाे जसले दिन्छ दीघार्यु र निरोगी जीवन
-
विवाह पछि दुलाहाले विदा भई जानु पर्छ दुलहीको घरमा बस्न
-
सेक्स पावर बढाउने भियाग्राको कहानीः भुल भुलैयामै अविष्कार भएका यी पाँच औषधी !
-
विवाहमा नाचेको भन्दै बेहुलाले थप्पड हानेपछि बेहुलीले गरिन् दुलाहाकै भतिजसंग बिहे
-
चिम्पाञ्जीको प्रेममा पागल एक युवती

महाशिवरात्रि किन मनाइन्छ ?
३ महिना अगाडि
हिन्दु शास्त्र अनुसार भगवान शिवलाई सबै देवताहरु मध्ये श्रेष्ठ मानिन्छ । ब्रह्माण्डका सबै देवता र मानव जातिले भगवान शिवलाई प्रसन्न…