वालिङ : नेपाली काँग्रेसले चुनावी अभियानलाई तिब्र बनाउँदै

वालिङ, १९ बैशाख :
आगामी बैशाख ३० गते हुन लागिरहेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेस वालिङ नगर समितिले चुनावी अभियानलाई तिब्र बनाउँदै लगेको छ ।
आसन्न निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारहरुलाई बिजयी बनाउन प्रत्येक वडाका टोल टोलमा पुगी काँग्रेसले गरेका गतिविधिहरुकाबारेमा जानकारी गराउने र आगामी कार्ययोजनाकाबारेमा मतदातालाई सुसूचित गराउने गरी यतिबेला नेपाली काँग्रेसका उम्मेदवारहरु टोल टोल तथा घरदैलो अभियानमा निक्कै सक्रिय हुनुहुन्छ ।
यसैबीचमा नेपाली काँग्रेस वालिङले आईतबार वालिङ वडा नं. १० र १३ का विभिन्न टोलमा पुगेर घरदैलो गरेको छ ।
आईतबार वालिङ १० को बिहारथोक, तल्लो वालिङ, पण्डितथोक, झेडीथोक, मदीखोला, फेदीमोहोरिया, बझाकोट, दाङसिया र वडा नं. १३ को बायँटारीमा टोलभेला गरेको हो ।
टोल भेलामा बोल्नुहुँदै नगर प्रमुखका उम्मेदवार दिलीपप्रताप खाँणले नागरिकहरुका गुनासा तथा समस्याहरुको समाधानमा निरन्तर लाग्दालाग्दै पनि सबै कार्यहरु पूरा हुन नसकेको उल्लेख गर्नुहुँदै बाँकी रहेका अधुरा कार्यहरुलाई सफलतापूर्वक सम्पन्न गर्नकालागि पनि यसपटक आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।
“नागरिकका समस्याहरु पाँच वर्षको अवधिमा राम्रोसँग बुझेको छु” उहाँले भन्नुभयो, “केही समाधान गर्न सक्यौं, केही शुरुवात भएका छन् भने केही अधुरा छन् त्यसैले तिनलाई पूरा गर्नकालागि यसपटक नेपाली काँग्रेसबाट उम्मेदवारी दिनुभएका सबैलाई बिजयी बनाउनुहुन अनुरोध गर्दछु ।”
स्वास्थ्य, शिक्षा, सडक, खानेपानी, कृषि तथा पशुपालन र समग्रमा स्मार्ट सिटी निर्माणकालागि न्यूनतम आधारभूत आवश्यकताहरु पूरा गर्नकालागि निरन्तररुपमा लाग्ने प्रतिबद्धता उहाँले जनाउनुभयो ।
उपप्रमुखकी उम्मेदवार कविता तिवारी गैह«ेले वालिङबासीहरुलाई उद्यमशिलतासँग जोड्दै आर्थिक स्तर सुधार गर्दै अगाडि बढ्नेमा जोड दिनुभयो । नेपाली काँग्रेसले तयार पारेको घोषणा पत्र अनुरुपका कार्यहरुलाई कार्यान्वयन गर्दै अगाडि बढ्नकालागि नेपाली काँग्रेसका उम्मेदवारहरुलाई बिजयी बनाउन पनि उहाँले अनुरोध गर्नुभयो ।
टोल भेलामा नेपाली कांँगे्रसका गण्डकी प्रदेश उपसभापति कल्पना तिवारी, वालिङ नगरपालिकाका पूर्व नगर प्रमुख भोजराज अर्याल, नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य ध्रुबप्रसाद शर्मा पंगेनी, काँग्रेस जिल्ला उपसभापति केदार काफ्ले, नेपाली काँग्रेस स्याङ्जा २ क का प्रदेश सभापति अर्जुनप्रसाद खनाल, वालिङ नगर सभापति नेत्रप्रसाद पाण्डे, वडा नं. १० का वडा अध्यक्षका उम्मेदवार सुनिल खनाल लगायतले जनताको सुख दुखमा नेपाली काँग्रेसले साथ दिईरहेकाले आगामी निर्वाचनमा पनि नेपाली काँग्रेसलाई रुख चिन्हमा मत दिएर बिजयी बनाउन हुन अनुरोध गर्नुभयो ।
टोल टोलमा पुगेका नेपाली काँग्रेसका उम्मेदवारहरुलाई टोलबासीले स्वागत गर्दै विशेष गरी कोभिड १९ का बेलामा जीवनरक्षाका लागि गरेको योगदानकाबारेमा खुलेर प्रशंसासहित उत्साहजनक सहभागिता जनाउनुभएको छ ।
विचित्र संसार
थप सामाग्री-
सात्विक भोजन के हाे जसले दिन्छ दीघार्यु र निरोगी जीवन
-
विवाह पछि दुलाहाले विदा भई जानु पर्छ दुलहीको घरमा बस्न
-
सेक्स पावर बढाउने भियाग्राको कहानीः भुल भुलैयामै अविष्कार भएका यी पाँच औषधी !
-
विवाहमा नाचेको भन्दै बेहुलाले थप्पड हानेपछि बेहुलीले गरिन् दुलाहाकै भतिजसंग बिहे
-
चिम्पाञ्जीको प्रेममा पागल एक युवती

महाशिवरात्रि किन मनाइन्छ ?
३ महिना अगाडि
हिन्दु शास्त्र अनुसार भगवान शिवलाई सबै देवताहरु मध्ये श्रेष्ठ मानिन्छ । ब्रह्माण्डका सबै देवता र मानव जातिले भगवान शिवलाई प्रसन्न…