वालिङ : मुस्लिम समुदायको आपत्ति
वैशाख २१, वालिङ :
मुस्लिम समुदायका सम्पूर्ण ब्यक्तिहरु नेकपा एमालेमा प्रवेश गरे भनी गरिएको प्रचारप्रति कुनै सत्यता नरहेको बताईएको छ ।
मुस्लिम समुदायका ज्येष्ठ नागरिकहरु, महिला तथा यूवाहरु नेपाली काँग्रेसको पार्टी कार्यालयमा उपस्थित भई आँफूहरु कुनै पनि पार्टीमा नगएको र नेपाली काँग्रेसमै रहेको बताउनुभएको हो ।
सीमित ब्यक्ति गएपनि मस्लिम समुदायका धेरैको संख्यामा कार्यकर्ताहरु नेपाली काँग्रेसमै रहेको र पार्टी छाडेर नजाने प्रतिबद्धता जनाउनुभएको हो ।
“हामी नेपाली काँग्रेस पार्टी छाडेर गएका होईनौं र जाँदा पनि जाँदैनौं” मुस्लिम समुदायका युवक अहमद अलीले भन्नुभयो, “सामाजिक सञ्जालमा आएका कुराहरु भ्रमात्मक हुन् यसमा कुनै सत्यता छैन ।”
मुस्लिम समुदायको माग र सुनुवाईकाबारेमा ध्यान दिने पार्टी नेपाली काँग्रेस भएको दाबी गर्दै उहाँले मुस्लिम समुदायका यूवाहरु झनै सशक्त भएर चुनाव प्रचार प्रसारकालागि घरदैलो अभियानमा अगाडि बढेको बताउनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


