वालिङ नगर कार्यपालिकामा काँग्रेस गठबन्धन विजयी

स्याङ्जा :

वालिङ नगर कार्यपालिकामा ७ जना नेपाली काँग्रेसका र  १ जना माओवादीका उम्मेदवार विजयी भएका छन् ।

आज भएको निर्वाचन नगर कार्यपालिकाको महिला, दलित वा अल्पसङ्सख्यक आठै सदस्यमा नेपाली काँग्रेस र माओवादीको पुरै प्यानल विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

दलित वा अल्पसंख्यकबाट नेपाली काँग्रेसका लोक बहादुर कुमाल, हरिलाल विक र माओवादीका भक्त बहादुर गोतामे यस्तै महिला सदस्यमध्ये नेपाली काँग्रेसकी जुनु थापा, देवीमाया विक, भगवती पाण्डेय, युगमाया पंगेनी र सीता विक कार्यपालिकामा निर्वाचित भएका हुन् ।

Facebook Comments Box
TOP