नेकपा एमाले पुतलीबजारको चुनावी अभियान गाँउगाँउमा

बैशाख ३० स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जादा जिल्लामा क्रियाशील राजनैतिक दल चुनाव प्रचार प्रसारमा व्यस्त रहेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी र राप्रपाले घर दैलो तथा कोणसभा सम्पन्न गरेका छन् ।

सोही कार्यक्रम अन्तरगत मंगलबार नेकपा एमालले पुतलीबजार नगरपालिकाको बहाकोट र कोल्मामा घर दैलो तथा कोण सभा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रिय सदस्य तथा पुतलीबजार नगरपालिका मेयर पदकी उमेदवार सिमाकुमारी क्षेत्रीले पहिलो कार्यकालमा नितिहरु निर्माण गरेको बताउदै बाकी कार्यक्रमहरु अबको ५ वर्षे कार्यकालमा पुरा गर्ने प्रतिवद्धता जनाएकी थिईन् ।

उनले पहिला पनि आर्थिक उत्पादनका कार्यक्रममा जोड दिईएकोमा अब पनि आर्थिक उत्पादनका कार्यक्रमहरु, युवा युवतीलाई रोजगारी र विभिन्न सडकहरुको स्तरोन्नती कार्यमा पालिकाले रकम विनियोज गरिसकेको बताईन् । कार्यक्रममा उपप्रमुखका उमेदवार महेश पुरीले जनतालाई ठेस पुग्ने र टाउको निउराउनु पर्ने गरि काम नगरिने बताए ।

उनले पुतलीबजार नगरपालिकामा सडकको संजाललाई विस्तार गर्न कारोडौं रकम विनियोजन भएको समेत जानकारी दिए । कार्यक्रममा गण्डकी प्रदेश सांसद मिन प्रसाद गुरुङ, नेकपा एमाले जिल्ला सचिवालय सदस्य निर्मला लम्साल र नेकपा एमाले पुतलीबजार नगर अध्यक्ष भरत गोदार लगाएतले मन्तव्य राखेका थिए । उनीहरुले पुतलीबजार नगरपालिकामा नयाँ तथा रचनात्मक कार्य संचालनका लागि नेकपा एमालेका उमेद्वारलाई विजयी गराउन आवश्यक रहेको बताउदै विजयी गराउन अनुरोध गरे ।

कोल्मामा भएको कार्यक्रममा वडा अध्यक्ष पदका उमेद्वार लिलप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नेकपा एमाले जिल्ला सचिवालय सदस्य डिलकुमार भुजेलले संचालन गरेका थिए भने बहाकोटमा भएको कार्यक्रममा नेकपा एमाले वडा अध्यक्ष मधुकुमारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन राधाकृष्ण शर्माले संचालन गरेका थिए । पुतलीबजार नगरपालिका ८ को वडा अध्यक्ष पदको उमेदवारमा यामबहादुर शाही कमल रहेका छन् ।

Facebook Comments Box
TOP