सुशासनयुक्त पुतलीबजार बनाउनेछु : प्रमुख रेग्मी

भवानी अधिकारी/स्याङ्जा
पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले नगरबासीको जनमतको कदर गर्दै सुशासनयुक्त नगरपालिका बनाउने प्रतिवद्धता जनाए।
शुक्रवार बिहान प्रमुख तथा उपप्रमुखको पदवहाली गर्दे उनीहरुले समग्र नगरको विकास र समृद्धीका लागि जनप्रतिनिधी, कर्मचारी र स्थानीयबासीसंगको हातेमालो गर्दे अघि बढ्ने बताए।
उनले भने, ‘बिगतमा सुधार गर्दे पुतलीबजारबासीलाई सुखी र समुन्न बनाउन सबैको साथ र सहयोगले सुधार्नेछु।’
यसैगरी, उपप्रमुख देवी अर्यालले न्यायिक समितिलाई जिम्मेवार बनाई न्यायका पक्ष र महिला सशक्तिकरण र रोजगार कार्यक्रमलाई प्राथमिकता दिने प्रतिवद्धता जनाईन्।
सबिधानसभा सदस्य एवं नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापाले जनप्रतिनिधी साझा उम्मेदवार भएको बताउदै निवर्तमान जनप्रतिनिधीका अनुभव र कार्यका बारेमा छलफल र सहकार्य गर्दे नगरको विकास र समृद्धीमा जुट्न सुझाव दिए।
कार्यक्रममा निवर्तमान कार्यवाहक सभापति कुमार राना, महासमिति सदस्य तुलसी गिरी, प्रवक्ता भरत लम्साल, प्रमुख प्रशासकिय अधिकृत रमेश घर्ति लगायतले सुखी समुन्नत पुतलीबजार निर्माणमा सहयोग गर्ने बताए।
पदवहालीपछि प्रमुख रेग्मी र उपप्रमुख अर्यालले नगरपालिका परिसरमा सुन्तलाका बिरुवा रोपेका थिए।
यसैगरी, शुक्रवारै स्याङ्जाका ५ नगरपालिका प्रमुख, उपप्रमुख र ६ वटा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष लगायत ५ सय ७ जना जनप्रतिनिधीले पदवहाली एवं सपथ गर्ने कार्यक्रम छ।
पुतलीबजार नगरप्रमुख, उपप्रमुख लगायत । तस्विर ः भवानी अधिकारी

 

Facebook Comments Box
TOP