पुतलीबजारमा नगर कार्यपालिकामा काँग्रेसका सबै उम्मेदवार बिजयी

putalibazar office

स्याङ्जा :
पुतलीबजार नगर कार्यपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । आइतबार भएको निर्वाचनमा नगर कार्यपालिकाको महिला, दलित वा अल्पसंख्यक आठै सदस्यमा काँग्रेसको पुरै टोली विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

महिला सदस्यमध्ये अनिता रुचाल, चिजा दर्जी, टोलमाया थापा, यशोदा देवी अर्याल र संजिता नेपाल अर्याल, दलित वा अल्पसंख्यकमध्ये केशव बहादुर घर्ती, भोज बहादुर कुमाल र श्रीप्रसादजि.टी कार्यपालिका सदस्यमा निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ । पुतलीबजारमा अब नगर प्रमुख र उपप्रमुख सहित बहुमतको कार्यपालिका बनेको छ । २०७४ को स्थानीयतहको निर्वाचनमा प्रमुख र उपप्रमुख सहित एमालेले कार्यपालिका बनाएको थियो भने यो पटकको स्थानीयतहको निर्वाचनमा नेपाली काँग्रेसले बनाएको छ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP