पाेखरा : मेयरमा नेकपा समाजवादीका धनराज र उपमेयरमा एमालेकी मञ्जु निर्वाचित

पोखरा:
पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य र उपमेयरमा एमालेकी मञ्जुदेवी गुरूङ निर्वाचित भएका छन् । आचार्यले ५८ हजार ८ सय ९३ मत र गुरुङले ६० हजार ५ सय ४६ मत ल्याएर निर्वाचित भएकी हुन् ।
एमालेका उम्मेदवार कृष्ण थापाले ५२ हजार ८ सय ४८ मत प्राप्त गरेका छन् । थापा र अाचार्य बीचको मतान्तर ६ हजार ४५ छ । राप्रपाका शंकर खरालले ५ हजार ६ सय ७४ र स्वतन्त्र उम्मेदवार गणेस पौडेलले ३ हजार ३० मत ल्याए ।
उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङले गठबन्धनबाट उमेदवार काेपिला रानाभाट बिचकाे मतान्तर ३ हजार ८ सय ८३ छ । नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५६ हजार ६ सय ६३ मत ल्याइन् ।
त्यस्तै उपमेयरमा राप्रपाकी रञ्जना सेनले ५ हजार ६ सय ९९ मत प्राप्त गरिन् । २ लाख ७ हजार ७ सय १२ मतदाता रहेको पोखरा महानगरमा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।
पोखरामा १२ दिन लगाएर मतगणना सकिएको हो । ३३ वटा वडा रहेको पोखरामा २३ वटा वडा कांग्रेसले जितेको छ ।
२०७४ काे चुनावमा एमालेले मेयर उपमेयरसहित २२ वटा वडामा जितेकाे थियाे ।
यस्तै नेकपा एमालले ९ वटा वडा जितेको छ भने वडा नम्बर २२ बाट स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जितेका छन् ।
Pic-samadhan
समाचार
थप सामाग्री
शरणार्थी प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै ज्ञापन
१ हप्ता अगाडि
भवानी अधिकारी, स्याङ्जा ९ जेठ : मानवअधिकार तथा शान्ति समाज जिल्ला कार्य समिति स्याङ्जाले नक्कली भुटानी शरणार्थी प्रकरणका मुल दोषीहरुमाथि…