सहिद महेन्द्र शाहको ४३ औं स्मृति दिवस मनाईयो
भवानी अधिकारी,
स्याङ्जा १४ जेठ :
सहिद महेन्द्र शाहको ४३ औं स्मृति दिवस मनाइएको छ । सहिद महेन्द्र शाह स्मृति प्रतिष्ठानको आयोजना पुतलीबजार नगरपालिका १४ स्थित महेन्द्र पार्कमा शाहको स्मृति दिवस मनाइएको हो ।
सहिद शाहको शालिकमा माल्र्यापण गर्दे संबिधानसभा सदस्य एवं नेपाली कांग्रेसका जिल्ला सभापति राजु थापाले राज्यले सहिद सम्मानका निती बनाएर सहिद सहित उहाका परिवारलाई सम्मान गर्नुपर्ने बताउनुभयो । नेपालको बिभिन्न राजनीतिक कालखण्डका सहिदका बलिदानीले पुरयाएको योगदान र त्यागका कारण हामी सबै स्वतन्त्र भएको बताउनुभयो ।
जवसम्म राज्यले सहिदको उच्च सम्मान गर्दैन तवसम्म राजनितिक संस्कार राम्रो नहुने जनाउदै नेपाली कांग्रेसले यसको सुरुवात गर्नुपर्नेमा जोड दिनुभयो । उहाले महेन्द्र पार्कलाई धार्मिक पर्यटकीय क्षेत्रसंगै बिस्तारगरी नगरकै नमूना पार्क निर्माण गर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य तुलसी गिरी, कांग्रेस प्रवक्ता भरतप्रसाद लम्साल, गण्डकी प्रदेश सदस्य कुमबहादुर गुरुङ, महासमिति सदस्य इन्जिनियर अनुप श्रेष्ठ, कांग्रेस नेता सुजन गहतराज, क्षेत्रीय सहसचिव सूर्य लामिछाने, वडा अध्यक्ष जितेन्द्रप्रका मल्ल, पुतलीबजार नगरसभापति सुरजकुमार अधिकारी, नेकपा माओवादी केन्द्रका मित्रबन्धु पौडेल, तरुण दलका उपाध्यक्ष रविन केसी लगायतले सहिद शाहका योगदान र बलिदानीका बारेमा चर्चा गर्नुभएको थियो ।
प्रतिष्ठानका अध्यक्ष शेरबहादुर रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष हुमनाथ ढकालले स्वागत सदस्य कोैशिल्या पौडेल क्षेत्रीय धन्यवाद एवं सचिव गणेश ढकालले संचालन गर्नुभएको थियो ।
निरंकुश पञ्चायती शासन ब्यवस्था बिरुद्ध २०३६ सालको बिद्यार्थी आन्दोलनमा क्रममा हालको पुतलीबजार नगरपालिका १ स्थित सहिद चोकमा १९ बर्षको उमेरमा तत्कालिन सुरक्षाकर्मीको बन्दुकका गोली लागेर जेठ १४ गतेका दिन महेन्द्र शाहको मृत्यु भएको थियो ।
सोही दिनको स्मरण गर्दे नेपाली कांग्रेसले प्रत्येक बर्ष जेठ १४ गते बिबिध कार्यक्रम गरी सहिद महेन्द्र शाहको स्मरण गर्दै आएको छ । शाहको जन्म पुतलीबजार नगरपालिका १४ सतौमा भएको हो ।
समाचार
थप सामाग्री-
गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त
-
दहथुम बहुमुखी क्याम्पसमा ७१ जना विद्यार्थीलाई छात्रवृत्ति
-
वालिङ कर्मचारी सहकारीका सदस्यलाइ सहकारी शिक्षा तालिम
-
अर्जुनचौपारी सर्वोकृष्ट गाउँपालिका घोषित, नेपाली कांग्रेसले गर्यो सम्मान
-
बालबालिकालाई संस्कृतिसँग जोड्दै सामाजिक विकास कार्यालय ।
फोटोग्राफरहरुले गरे मिर्गौला पीडितलाई सहयोग
६ दिन अगाडि
हिमाल न्यौपाने/गल्याङ : फोटोग्राफर मञ्च स्याङ्जाले मिर्गाैला पीडितलाई सहयोग गरेको छ । गल्याङ नगरपालिका–६ पिढिखोलाका शेरबहादुर थापाको श्रीमती २९ बर्षिया…