कालीगण्डकीले ग्यास सिलिन्डरसँग ईन्डक्सन चुलो साटिदिने ।

कालिगन्डकी :

स्याङ्जाको कालिगन्डकी गाउँपालिकाले पालिकाबासी नागरिकको घरबाट ग्याँस सिलिण्डर फिर्ता लिएर इन्डक्सन चुलो निशुल्क प्रदान गर्ने भएको छ ।

स्थानीय तह निर्वाचन २०७९ मा दोश्रो कार्यकालको लागि पुनः निर्वाचित भएपछि गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले पदबहाली गरेसङ्गै गाउँबासीको लागि निशुल्क इन्डक्सन चुलो प्रदान गर्ने निर्णय गर्नुभएको हो।अध्यक्ष थापाले बिगतको कार्यकालमा बाँकी योजनाहरु पूरा गर्ने प्रतिबद्धता सहित नागरिकको समृद्धिको लागि निरन्तर लागिपर्ने बताउनुभयो । सोमबार भएको पदबहाली कार्यक्रममा गाउँपालिका अध्यक्ष थापाले आगामी दुई वर्षभित्र गाउँपालिकाभित्रका हरेक युवा सिपयुक्त हुने घोषणा गर्नुभएको छ ।
गाउँपालिकाले आफ्नै लगानीमा सुरु गरेको आलमदेवी बहुप्राविधिक शिक्षालय मार्फत युवावर्गलाई व्यवसायमुलक सिपयुक्त तालिम प्रदान गरी  बिदेश पलायन हुनबाट रोक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।आफ्नो पहिलो कार्यकालमा गाउँवासीको लागि निशुल्क स्वास्थ्य बीमा गरिएकोमा आगामी वर्षहरुमा पनि उक्त कार्यक्रमलाइ अझ प्रभावकारी ढङ्गबाट निरन्तरता दिने बताउनुभयो ।गाउँपालिकाबासी नागरिकको लागि मात्र गरिएको स्वास्थ्य बीमा अबदेखि गाउँपालिकामा कार्यरत सम्पुर्ण कर्मचारिहरुको लागि पनि निशुल्क रुपमा गरिने अध्यक्ष थापाले बताउनुभयो ।
वर्तमान अवस्थामा नेपालको व्यापार घाटा बढिरहेकोले इन्डक्सन चुलो बितरणबाट खाना पकाउले ग्याँस लगायतका इन्धनमा भएको निर्भरता कम हुने र व्यापार घाटा पनि घट्नेमा विश्वास व्यक्त गर्नुभयो ।विद्युत उत्पादनमा देश आत्मनिर्भर भैरहेको अवस्थामा इन्धन आपुर्तिमा विद्युतीय सामग्रीको उपयोग बढाउनुपर्ने उहाँको तर्क छ ।
उहाँले कालीगण्डकी गाउँपालिकामा अझैपनी विद्युत आपूर्ति सहज नभएकोले आपुर्तिमा सहज बनाउन गाउँपालिकाले विशेष पहल गर्ने स्पष्ट पार्नुभयो ।
गाउँपालिकाले नागरिकको लागि न्युनतम बिद्युत महशुल निशुल्क गरेको स्मरण गर्दै अध्यक्ष थापाले आगामी वर्षहरुमा अझ थप सुबिधा उपलब्ध गराउने उल्लेख गर्नुभयो ।
पदवहाली गर्दै गाउँपालिका उपाध्यक्ष साबित्रा कोइरालाले विगतको कार्यकालमा बाँकी रहेका हरेक योजनाहरु यस कार्यकालमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
न्यायिक क्षेत्र,युवा स्वरोजगार ,महिला सशक्तीकरण लगायतका क्षेत्रमा विशेष योजनासहित काम गर्ने उल्लेख गर्दै कोइरालाले महिलाहरुलार्इ उत्पादनको क्षेत्रमा क्रियाशिल बनाउने बताउनुभयो ।कालिगन्डकी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दोहोरिएका हुन ।
Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP