वालिङ :चुनावी अभियानलाई तिब्र

Dilip pratap khand Kabita tiwari

बैशाख २१, वालिङ ।

नेपाली काँग्रेस वालिङले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी चुनावी प्रचार प्रसार अभियानलाई तिब्र पारेको छ ।

चुनाव प्रचार प्रसार तथा घरदैलो कार्यक्रमकाक्रममा मंगलबार वालिङ १२ का डाँडाखर्क, कोलभञ्ज्याङ धनमुढा, भञ्ज्याङ, घुरुङ्खा, मैदान, सिर्सेकोट, काउले, छाप, लाम्पातेलगायतका स्थानहरुमा कोणसभा तथा घरदैलो कार्यक्रम गरेको हो ।

विभिन्न ठाउँमा भएका कोणसभामा बोल्नुहुँदै नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारीले जनतालाई झुक्याउने र झुटा आश्वासनमात्रै बाड्नेलाई नभई जनताको हरेक सुख दुखमा प्रत्यक्षरुपमा सहभागी भएको स्थानीय सरकारका निवर्तमान प्रमुख एवं नेपाली काँग्रेसका उम्मेदवार दिलीपप्रताप खाँण, उपप्रमुख कविता तिवारी गैह«ेसहितको नेपाली काँग्रेसको टिमलाई बिजयी गराउन अनुरोध गर्नुभयो ।

NC Waling
NC Waling

“हामी झुटा आश्वासन बाड्न जान्दैनौं, जे बोल्छौं त्यही गर्छौ, जे गर्छौ त्यही बोल्छौं” तिवारीले भन्नुभयो, “पाँच वर्षसम्म नेपाली काँग्रेसकातर्फबाट निर्वाचित भएका जनप्रतिनिधिहरुको विकास निर्माण तथा कोभिड जस्तो महामारीका समयमा गरेको कार्य उदाहरणीय र प्रशंसनीय रहेको छ, हामी समस्याबाट भाग्दैनौं डटेर सामना गर्छौं ।”

कार्यक्रममा गण्डकी प्रदेश उपसभापति एवं नगर उपप्रमुख कल्पना तिवारीले पाँच वर्षको अवधिमा वालिङले देशभरका ७५३ पालिकाहरुमध्ये नमूना र उदाहरणीय कार्य गरेकैकारण पटक पटक पुरस्कृत हुनु नै उत्कृष्टको प्रमाण भएको बताउनुभयो ।

उहाँले पाँच वर्षमा केही काम सम्पन्न भएका, केही शुरु हुने क्रममा रहेका र केही अधुरा रहेका कारण यसपटक ती कार्यहरुलाई पूरा गर्नकालागि र अनुभवलाई प्रयोग गर्न दिनकालागि प्रमुखमा दिलीपप्रताप खाँण र उपप्रमुखमा कविता तिवारीसहित नेपाली काँग्रेसका सम्पूर्ण उम्मेदवारहरुलाई रुख चिन्हमा छाप लगाई बिजयी गराउन अनुरोध गर्दछु ।

कार्यक्रममा नगर प्रमुख पदका उम्मेदवार एवं निवर्तमान नगर प्रमुख दिलीपप्रताप खाँणले नगरपालिका एउटा गतिमा एउटा मोडेलमा अगाडि बढेको बताउनुभयो ।

NC waling syangja
NC waling syangja

नगरबासीहरुको सल्लाह, सुझाव र सहयोगबाट विभिन्न क्षेत्रमा बृहत नगरस्तरीय योजना बनाई कार्यान्वयनको चरणमा रहेकाले त्यसलाई पूरा गर्नकालागि र आधारभूत तहको स्मार्ट सिटी निर्माण गर्नकालागि नेपाली काँग्रेसलाई बिजयी गराउन नगर प्रमुखका उम्मेदवार दिलीपप्रताप खाँणले अनुरोध गर्नुभयो ।

“बाहिर विभिन्न अफवाहहरु फैलाईएको छ, त्यसमा कुनै सत्यता छैन” नगर प्रमुखका उम्मेदवार दिलीपप्रताप खाँणले भन्नुभयो, “नगरले अगाडि बढाएका विभिन्न कार्यहरुमा अवरोध सिर्जना गरिएका छन्, यसमा नागरिकहरु सचेत हुनु आवश्यक छ ।”

२०५४ सालमा उपप्रमुख पदमा बिजयी भएसँगै निरन्तर वालिङ नगरपालिकाको विकास निर्माणकालागि सक्रिय रहेको र २०७४ सालको निर्वाचनमा नगर प्रमुखमा बिजयी भई नगरको कुशलतापूर्वक नेतृत्व सम्हाल्नुभएका दिलीपप्रताप खाँण देशकै उत्कृष्ट नगर प्रमुखहरुको सूचिमा हुनुहुन्छ ।

कार्यक्रममा उपप्रमुख पदकी उम्मेदवार कविता तिवारी गैह«ेले जबसम्म नागरिकको आर्थिक विकास हुन सक्दैन तबसम्म नगरको विकास हुन नसक्ने भएकाले आर्थिक विकासकालागि उद्यमशीलताका कार्यहरुलाई प्राथमिकताकासाथ अगाडि बढाउने बताउनुभयो ।

कार्यक्रममा महासमिति सदस्य एवं युवा नेता विष्णु पौडेल, वालिङ नगर सभापति नेत्रप्रसाद पाण्डे, क्षेत्रीय सचिव फणिनारायण रेग्मी, जिल्ला सदस्य कविता भुसाल, क्षेत्रीय सहसचिव राजेश डुम्रे, प्रदेश सहसचिव दिक्षान्तप्रताप खांँण, वडा अध्यक्षका उम्मेदवार कमल कुँवर, नेकपा माओवादी जिल्ला सचिव रनबहादुर गुरुङ, नगर उपाध्यक्ष चित्र गुरुङ, वाईसिएलका मुना गोतामे, अनु कुँवर, भक्त गोतामेलगायतको टोलीले वडा नं. १२ का विभिन्न स्थानहरुमा कोणसभा तथा घरदैलो कार्यक्रम गरेको हो ।

Facebook Comments Box
TOP