आँधीखोला गाँउपालिका-नवनिर्वाचित अध्यक्ष पौडेलले गरे आफ्नो सम्पत्ती सार्वजनिक ।

स्याङ्जा :
स्याङ्जाको आँधीखोला गाँउपालिकाका नवनिर्वाचित अध्यक्ष बिश्वनाथ पौडेलले आफ्नो सम्पत्ती बिबरण सार्वजनिक गर्नु भएको छ ।
पौडेलले पदस्थापन लगत्तै सामाजिक सञ्जाल मार्फत सम्पत्ती बिबरण सार्वजनिक गर्नु भएको हो । निर्वाचित भए लगत्तै सम्पत्ती बिबरण सार्वजनिक बिबरण सार्वजनिक गर्ने पौडेल पहिले व्यक्ति हुनुहुन्छ ।
पालिकाको अध्यक्षको जिम्मेवारीलाई पौडेलले जनताको सेबागर्ने अबसर साथै आफुलाई अब्बल सेबकको रूपमा प्रमाणित गर्ने चुनौति दुबै रूपमा लिएको प्रस्ट समेत पार्नु भएको छ ।
पौडेलले सार्वजनिक गर्नु भएको सम्पत्ति बिबरण :
१) आधिखोला गाउँ पालिका वडा नं ३ मा बिभिन्न १३ कित्तामा स्वयम् मेरो नाउमा रहेको क्षेत्रफल ११–३–०– १ को खेत बारि समेतको पाखो जमिन ।
२) आधिखोला गाउँ पालिका वडा नं ३ बिचारि चौतारामा ढुङ्गाको छानो सहितकोको एक कच्चि घर र गोठ ।
३) स्याङ्जा जिल्ला पुतलि बजार नगर पालिका वडा नं १ नारायणस्थानमा कि नं ६००४ को ०–४–०–० क्षेत्रफलमा निर्मित श्रीमति संगिता शर्मा पोख्रेलको नाउमा रहेको दुई तले पक्कि घर ।
४) माछापुच्छ्रे पोल्टि एण्ड लाईभस्टोक प्रा लि मा १२५०० कित्ता सेयर ।
५) श्रीमतीको नियमित प्रयोजनमा रहेका ४.५ तोला सुनका गरगहना ।
६) ग ७ प ४६५ नं को १ बटा प्रयोगमा रहेको मोटरसाईकल ।
७ ) बिभिन्न बैक र सहकारिहरूमा गरि जम्मा जम्मि अठ्तिस लाख पचास हजार चुक्ता गर्नु पर्ने ऋण ।
८) बिभिन्न बैक वा सहकारिहरूमा ३५०० कित्ता सेयर ।
९) बिभिन्न बैक र शहकारिहरूमा जम्मा नगद मौज्दात ४६५५०/-

Facebook Comments Box
TOP