भीरकोटमा हरित पुनःउत्थान तथा कोभिड–१९ प्रतिकार्य पहल परियोजना शुरु ।

भीरकोट :
भीरकोट नगरपालिकामा हरित पुनःउत्थान तथा कोभिड–१९ प्रतिकार्य पहल परियोजना शुरु भएको छ ।
परियोजना र यसको कार्यान्वयन सम्बन्धमा सरोकारवालाहरुसँग छलफल तथा अन्तक्रिया बुधवार भीरकोटमा सम्पन्न भएको हो ।
भीरकोट नगरपालिकाका सबै वडामा सञ्चालन गरिने परियोजना नगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) को साझेदारी र अन्धाअन्धी सामुदायिक विकास केन्द्रको व्यवस्थापन र सहजीकरणमा सञ्चालन हुने छ ।
कार्यक्रममा परियोजना अन्तर्गत संचालन गरिने क्रियाकलापबारे प्रस्तुतीकरण तथा छलफल गरिएको थियो ।


कार्यक्रममा निवर्तमान नगरप्रमुख छायाराम खनालले आफ्नो कार्यकालमा सम्झौता भएको यस परियोजनाको सफलताको लागि आफूले सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले परियोजना सफल बनाउन सबैको साथ सहयोगको अपेक्षा रहने बताउनु भयो ।
कार्यक्रममा बोल्दै युएनडिपी नेपालका गण्डकी तथा लुम्विनी प्रदेश प्रमुख सुदिप अर्यालले कृषि क्षेत्रको बिकास गरी उत्पादन बढाउन परियोजना सफल हुने बिश्वास व्यक्त गर्नुभयो ।
उद्यमी अनुकुलको बातावारण बनाउन र पालिकामा स्थापना हुने ईबिक मार्फत उद्यम र उद्यमशीलताको बिकासमा परियोजनाले फाईदा पुग्ने अर्यालको भनाई छ ।परियोजनाको महत्व र कार्यान्वयनको पक्षका बारेमा प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुषालले जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा योजना अधिकृत याम प्रसाद रेग्मी लगायतले बोलेका थिए ।
परियोजना अन्तर्गत कृषि उत्पादन र पशुधन, उद्यम विकास, उद्यमशीलता, व्यवसाय प्रवर्धन तथा नवपर्वतन केन्द्रको स्थापना,जिविकोपार्जन सुधारको लागि ईको टुरिजम प्रवर्धन, प्रशोधन केन्द्र निर्माण, कमजोर एवं विपन्न समुदायको लागि जिविकोपार्जनमा सुधार, माटो परिक्षण केन्द्र स्थापना आदि काम गरिने भीरकोट नगरपालिकाले जनाएको छ ।

गोबिन्द कुमार कर्माचार्य, नगर प्रमुख
छायाराम खनाल, निवर्तमान् नगर प्रमुख
सुदिप अर्याल, युएनडिपी नेपाल

 

Facebook Comments Box
TOP