एमाले लुम्बिनी प्रदेश सदस्य बाबुलाल यादवद्वारा पार्टी परित्याग।
लुम्बिनी:
नेकपा एमाले लुम्बिनी प्रदेशका सदस्य बाबुलाल यादवले पार्टी परित्याग गरेका छन्।
रूपन्देही क्षेत्र नम्बर ४ का क्षेत्रीय इन्चार्ज समेत रहेका यादवले भैरहवामा पत्रकार सम्मेलन गरी पार्टीको साधारण सदस्य समेत नरहने गरी नेकपा एमाले परित्याग गरेको बताएका हुन्।यादव आसन्न स्थानीय तहको निर्वाचनमा सम्मरीमाई गाउँपालिकाको अध्यक्ष पदका आकांक्षी थिए। आफू उम्मेदवारको आकांक्षी रहे पनि पार्टीका नेताहरूले असहयोग गरेको भन्दै उनले पार्टी परित्याग गरेको बताएका हुन्।
यादवले निर्वाचनको मुखमा एमाले परित्याग गरेको भए पनि तत्काल अन्य कुनै दलमा प्रवेश गर्ने योजना नरहेको उनले बताए।यादवले आफू २०५४ सालदेखि इलाका सचिव हुँदै प्रदेश कमिटी सदस्य रहेर काम गरे पनि पार्टीले अवसर दिने बेलामा भने योगदानको मूल्यांकन नगरेको गुनासो गरे।मधेसमा कमजोर रहेको एमालेको संगठनलाई बलियो बनाउन साढे २ दशक पार्टीमा योगदान गरे पनि अहिले अवसर लिने बेलामा भने पुरानोभन्दा नयाँहरूको नाम अगाडि आउने गरेको उनले गुनासो गरे।उनले प्रदेश सदस्य र क्षेत्रको इन्चार्जको रूपमा आफूलाई पार्टीले जिम्मेवारी दिए पनि जिल्ला तहबाट भने कुनै पनि समयमा सोधिखोजी नहुने गरेको बताय।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
३ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …