वालिङको मेयरमा काँग्रेसबाट ८ र उपमेयरमा ९ जना आकाँक्षी, कसले कुन पदमा दिए आवेदन !
वालिङ:
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेपाली काँग्रेस वालिङबाट नगरपालिकाको नगरप्रमुख पदमा उम्मेदवार बन्नको लागि ८ जना र उपप्रमुख पदमा ९ जनाले आकांक्षा देखाएकाछन् ।
काँग्रेस वालिङ नगर समितिले आज तोकेको पार्टीको आन्तरिक मनोनयनमा उनीहरुले आवेदन दिएका हुन् ।
हालका नगर प्रमुख दिलिप प्रताप खाँण, पूर्व नमगर प्रमुख भोजराज अर्याल, बर्तमान् नगर उपप्रमुख कल्पना तिवारी,जिल्ला उपसभापति केदार काफ्ले, शिक्षक संघका जिल्ला सभापति लक्ष्मीप्रसाद रेग्मी,पूर्व क्षेत्रीय सभापति अर्जुन प्रकाश अर्याल,नगरसभापति नेत्र प्रसाद पाण्डे र जिल्ला सचिव दामोदर लम्सालले आवेदन दर्ता गर्नु भएको हो ।
यसैगरी उपप्रमुखमा काँग्रेस गण्डकी प्रदेश सदस्य तथा महाधिवेशन प्रतिनिधी कविता तिवारी गैह्रे, प्रदेश सभापति अर्जुन प्रसाद खनाल, शोभा गैह्रे, , कविता भुषाल, रेखा थापा, बसन्त कुमार मल्ल, यूगमाया पंगेनी, मैयादेवी लम्साल र पदमराज गुरुङले आवेदन दिनु भएको नगर सचिव तिवारीले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
४ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेसका युवा नेता तथा उद्यमी भरतराज ढकालले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको…


