मुक्तिनाथ विकास बैंक वालिङको सामाजिक उत्तरदायित्व सम्वन्धी कार्यक्रम ।

Muktinath Bank waling

वालिङ :
मुक्तिनाथ विकास बैंक लिमिटेड शाखा कार्यालय वालिङले समाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ ।
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले गल्याङ नगरपालिका वडा नं.६, पिडिखोला मजुवा निवासी मिन बहादुर डिसा मगरलाई जस्ता पाता वितरण गरेको हो ।
गाउँमा सम्पुर्ण घरहरु टिनले छाएका तर मिन बहादुर आर्थिक अवस्था कै कारण घरमा टिन लाउन नसकेको भन्दै सहयोग गरेको बैंकले जनाएको छ ।
बैंकले उहाँलाई तिन बन्डल जस्तापाता उपलव्ध गराएको हो । कायक्रम मुक्तिनाथ विकास बैंकका उप क्षेत्रीय कार्यालय स्याङ्जाका प्रमुख नविन काफ्लेले सहजिकरण गर्दै मुक्तिनाथ विकास बैंकले विगत देखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक काम गर्दै आईरहेको तथा आगामि दिनमा पनि यस्ता कार्यक्रमहरु बढाउँदै जाने प्रतिबद्धता गर्नुभएको थियो ।
जस्तापाता हस्तान्तरण कार्यक्रममा वालिङ नगरपालिकाका नगर प्रमुख दिलिप प्रताप खाँण, समाजसेवी सरस्वती तिवारी लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमको खुलेरै प्रशंसा गरेका थिए । बैंकको यस्तै कामले गर्दा नै मुक्तिनाथ विकास बैंकले छोटो समयमा नै राम्रो प्रगति गर्न सफल भएको बताएका थिए ।
बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरि प्रत्येक शाखाबाट विभिन्न सामाजिक काम प्रत्येक बर्ष गर्दै आईरहेको शाखा प्रमुख सुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

 

Facebook Comments Box
TOP