वालिङमा मेयर, उपमेयर, वडा अध्यक्ष सहित २२ जनाले लिए उमेद्वारी फिर्ता ।

election local

स्याङ्जा :
वैशागामी ख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि वालिङ नगरपालिकाका बिभिन्न पदमा उमेद्वारी दिएकाहरु मध्ये २२ जनाले उमेद्वारी फिर्ता लिएका हुन् ।
नगरप्रमुख २ जना, उपप्रमुख १ जना, वडा अध्यक्ष ५ जना तथा वडा सदस्य १४ जनाले उमेद्वारी फिर्ता लिएका निर्वाचन अधिकृत उदवीर नेपालीले जानकारी दिनुभयो ।
नेकपा समाजवादीबाट मेयरमा उमेद्वारी दिएका टिकाराम रेग्मी र स्वतन्त्रबाट दिएका धन बहादुर गुरुङले उमेद्वारी फिर्ता लिएका हुन् त्यस्तै माओवादी केन्द्रबाट उमेद्वारी दिनुभएकी कल्पना अर्यालले पनि उमेद्वारी फिर्ता लिनु भएको छ ।
यस्तै माओवादी केन्द्रबाट वडा अध्यक्षको उमेद्वारी दिएका ४ नम्वर वडाका कृष्ण प्रसाद खनाल,५ नम्वरका उमेश पौडेल,६ नम्वरका रोमणी प्रसाद रेग्मी र ६ नम्वर कै राप्रपाका उमेद्वार गुरु रेग्मी र वडा नम्वर १३ का स्वतन्त्र उमेद्वार राजु गैह्रेले उमेद्वारी फिर्ता लिएका हुन् । यस्तै बिभिनन वडाका ११ जना खुला सदस्य,२ जना महिला सदस्य १ जना दलित महिला सदस्यले उमेद्वारी फिर्ता लिएकाछन् ।
यसैबची वालिङ ४ मा काँग्रेस र माओवादी बीच सहमतीका आधारमा काँग्रेसले वडा सदस्यको उमेद्वारी फिर्ता गराएको छ त्यस्तै माओवादीले वडा अध्यक्षको उमेद्वारी फिर्ता गरी काँग्रेसलाई समर्थन जनाएको बताईएको छ ।
वालिङले निकालेको अन्तिम नामावलीको सूची अनुशार नेपाली काँग्रेसका दिलीप प्रताप खाँण, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कृष्ण खाँण, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नित्यानन्द तिवारी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्ण बहादुर थापा क्षेत्री, स्वतन्त्रमा राजेन्द्र प्रसाद गैह र मंङ्गोल नेशनल अर्गनाइजेशनका सोम बहादुर गुरुङ बीच प्रतिस्पर्धा हुने देखिएको छ।
त्यसैगरी उपप्रमुखमा नेपाली काँग्रेसकी कविता तिवारी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) की खगीसरा थापा मागर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की खगीसरा न्यौपाने र मंगोल नेशनल अर्गनाइजेशनकी जीन कुमारी गुरुङ बीच प्रतिस्पर्धा हुने भएको छ ।

Facebook Comments Box
TOP