एमालेले टुङ्ग्यायो वालिङको मेयर र उपमेयरका उमेद्वार ।
स्याङ्जा, ४ वैशाख :
स्याङ्जाको वालिङ नगरपालिकाको मेयर र उपमेयरका लागि नेकपा एमालेले सर्वसम्मत उम्मेदवार टुंगाएको छ ।
आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि नगर कमिटीको आइतबार बसेको बैठकले नगरप्रमुख (मेयर) मा कृष्ण खाँण र नगरप्रमुख (उपमेयरमा खगिसरा थापालाई उम्मेदवार बनाउनको लागि सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो ।
मेयरको उम्मेदवारमा सिफारिस हुनुभएका खाँण एमालेको स्याङ्जा जिल्ला उपाध्यक्ष हुनुहुन्छ भने उपमेयरको उम्मेदवार थापा जिल्ला कमिटी सचिवालय सदस्य हुनुहुन्छ ।
Facebook Comments Box
समाचार
थप सामाग्रीगल्याङ प्रिमियर लिग क्रिकेट : गल्याङ ईगल्स र गल्याङ ब्लास्टर फाईनलमा ।
४ दिन अगाडि
वालिङ : स्याङजाको गल्याङमा सञ्चालित ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) को फाईनलमा गल्याङ ईगल्स र गल्याङ ब्लास्टर प्रतिस्पर्धा गर्ने…