एमाले आँधीखोलाद्वारा सबै पदमा मनोनयन दर्ता ।
आँधीखोला :
नेकपा एमालेका उम्मेदवारहरूले आँधीखोला गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष सहित ६ वटै वडाका वडा अध्यक्ष , महिला सदस्य , दलित महिला सदस्य र खुला सदस्य गरी ३२ पदमा मनोनयन दर्ता गराएका छन् । एमालेले गाउँपालिकाको अध्यक्षमा विश्वनाथ पौडेल र उपाध्यक्षमा सीता थापालाई उम्मेदवार बनाएको थियो ।
अध्यक्षका उम्मेदवार विश्वनाथ पौडेल र उपाध्यक्षका उम्मेदवार सीता थापाले निर्वाचन अधिकृतको कार्यालय, आँधीखोला गाउँपालिका कृषि स्याङ्जामा उम्मेदवारी दर्ता गराएका हुन् ।
२०७४ सालको स्थानीय चुनावमा शतप्रतिशत जित निकालेको नेकपा एमालेले यो चुनावमा पनि सोही नतिजा दोहोर्याएर अघिल्लो कार्यकालमा शुरु भएका आँधीखोलाबासीका सपनाहरु पूरा गर्दै युवालाई प्रविधि संगसगै उद्दमशिल र स्वरोजगार बनाउने योजना रहेको अध्यक्षका उम्मेदवार विश्वनाथ पौडेलले बताए ।
अध्यक्ष उम्मेदवार विश्वनाथ पौडेल नेकपा एमाले स्याङ्जा जिल्ला कमिटीका उपसचिव हुन् भने र उपाध्यक्ष उम्मेदवार सीता थापा नेकपा एमाले जिल्ला कमिटी स्याङ्जाकी सदस्य हुन् ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


